२०७८ श्रावण ११ गते, सोमबार १०:१०

विश्वमा पुस्तक अध्ययनको संस्कृति: वोर्ल्ड बुक डे २०१९

२०७६ बैशाख ९ गते, सोमबार ०९:२९

फास्टेस्ट न्युज नेपाल

काठमान्डौ , बैशाख – ०९ : रोमन वरिष्ठ राजनितीज्ञ तथा दार्शनिक ” सिसेरोले ” भनेका थिए , ” A ROOM WITHOUT BOOKS IS LIKE A BODY WITHOUT SOUL ” अर्थात् पुस्तक नभएका कार्यकक्ष / घरका कोठाहरु आत्मारहित शरीर झैँ हुन् । पहिलो पुस्तक कहिले, कसरी र कसले लेखेका थिए ?  र, त्यसरी लेखिएको पुस्तक पाठक माझ कसरी पुगे थियो, होला ? यी प्रश्नहरु शोधका विषयहरु बन्न सक्छन । तर, हामीले रामायण, महाभारत, श्रीमद् भागवत गीता जस्ता महान ग्रन्थहरुको बारेमा, यो दिनहरुमा चर्चा गर्दै गर्दा; पुस्तक लेखन र पठन को संस्कृति अनादिकालदेखी अर्थात् युगौयुगदेखि शुरु भएको आँकलन भने सहजै गर्न सकिन्छ । आधुनिक युगमा लेख्ने र पढ्ने माध्यममा परिवर्तन हुदैँ गएपनि किताब नदेखेका, नछोएका र किताबै नपढेका मानिसहरुको जनसंख्या हुदैँ नहोला भन्न त सकिदैन, यद्धपि सवैजसो सभ्यता, संस्कृति, धर्म र इतिहास बोकेका मानिसहरु पुस्तकसंग परिचित छन् र पुस्तक अध्ययन एउटा वाध्यात्मक परिस्थिति भएर सवै किसिमका समाजका मानिसको अभिन्न अंग भएर बसेको छ ।

सन्दर्भ हो, नजिकिदै गरेको ” WORLD BOOK DAY ” अर्थात् यसलाई ” WORLD BOOK AND COPYRIGHT DAY ” अर्थात् INTERNATIONAL DAY OF THE  BOOK जुन UNESCO ( UNITED NATIONS EDUCATIONAL , SCIENTIFIC AND CULTURAL ORGANIZATION ) ले हरेक बर्ष २३ अप्रीलमा यो संस्थाको  बार्षिक क्रियाकलापमा राखेर विश्वभरि मनाउने गर्दछ । WORLD BOOK DAY सर्वप्रथम २३ अप्रील १९९५ मा मनाइएको थियो र UNESCO ले यसरी WORLD BOOK DAY मनाउनुको प्रमूख उदेश्यहरु चाँही मानिसमा पढन्ते बानीको विकास, किताब प्रकाशन र प्रतिलिपि अधिकारका कुराहरुमा जोड दिनुका साथै यी कुराहरुलाई समयसापेक्ष, व्यावहारिक, व्यवस्थित, परिमार्जित र संस्थागत गर्ने भन्ने रहिआएको छ । पहिलेका दिनहरुमा “WORLD BOOK DAY“  युनाइटेड किंगडम र आयरल्याण्डले आफ्नै समय र मिति मा मनाउने गर्थे तर पछि युनेस्कोले २३ अप्रीललाइ WORLD BOOK DAY मनाउने भनेर घोषणा गरेको हो, जुन विश्वविख्यात लेखक विलियम शेक्सपीयरको जन्म र मृत्युको वार्षिकीको दिन पनि हो ।

हाम्रो देश नेपालमा WORLD BOOK DAY लाइ सन्दर्भ पारेर क्रियाकलाप वा कार्यक्रम हरु कुनै पनि निकायबाट खासै गरेको पाईदैन । हाम्रो देशको सरकारका अरु धेरै आधारभूत प्राथमिकताहरुका माझ यस्ता विषयवस्तुहरुले प्राथमिकता पाउन अझै बर्षौ लाग्न सक्छ । तर हामी एउटा सचेत, शिक्षित र बालिग नागरिकका हैसियतले तल उल्लेखित साधारण क्रियाकलापहरु गरिदिएमा ” WORLD BOOK DAY ” लाइ हाम्रो देशमा सार्थक बनाउन सक्छौ ।

१. आफुले पछिल्लो पटक पढेको राम्रो पुस्तक आफ्नो परिवार वा साथी समूहमा कसैलाई पढ्न दिने ।

२. स्कूल, क्लव, वा समूदाय मा रिडर्स क्लव को स्थापना गर्ने ।

३. आफ्ना साथी वा परिवार समुहमा राम्रा पुस्तक सुझाव का लागि कुराकानी गर्ने वा इ-मेल आदान प्रदान गर्ने ।

४. आफुलाई थाहा भएको राम्रो किताब घर ल्याउन नभ्याएको भए, सो किताब घर भित्र्याउने ।

५. पुस्तक अध्ययनको महत्वका बारेमा साथी वा परिवार मा छलफल गर्ने,  आदि / इत्यादि ।

यति मध्यमा केहि मात्रै पनि यो हप्तामा हामीले गर्न सके हाम्रो ” WORLD BOOK DAY ” प्रतिको योगदान सह्रानीय रहनेछ ।

भनिन्छ, सहि किताब, गलत परिस्थितिमा पढ्न पुगे, परिस्थितिलाइ पनि सकारात्मकता तर्फ डोर्याउने साहस प्राप्त हुन्छ । वास्तवमै पुस्तकहरुले पुरै विश्वलाई संग्रहित गरेका हुन्छन । पुस्तकले मानव सभ्यताको इतिहास बोकेका हुन्छन । पुस्तकले ज्ञान , विज्ञान , साहित्य र कलालाई पुस्तौदेखी – पुस्तौ  सम्म हस्तातन्तारण गरेका हुन्छन । पुस्तकहरु युगिन हुन्छन । पुस्तकमा पात्रहरु, लेखकहरु आफुलाई सधै अजर – अमर राख्न सक्छन । त्यसैले पुस्तकलाई अभिन्न मित्र बनाउन सक्नु एकदमै ठुलो प्राप्ति हो भन्ने कूरा हामीले बुझ्नु र आँउदो पूस्तालाइ बुझाउन सक्नु मात्रै पनि ठुलो उपलब्धि हुने भन्ने कुरा यो WORLD BOOK DAY मा हामीले ग्रहण गर्न सके यसको उदेश्य पुरा हुन सक्छ ।

अन्त्यमा, पुस्तकहरु अभिभावक पछिका अभिभावक हुन् । पुस्तकहरु समयचक्रको कालखण्डलाइ थुनामा राखेर वर्तमान वाँचीरहेका हुन्छन । किताबको अध्ययनबाट हामीले इतिहासको अभूतपुर्व अनुभव संगाल्ने र त्यसबाट दीक्षित भएर वर्तमान लाइ जीउने र भविष्यलाइ उजागर गर्ने कला सिक्न सक्छौ। सबै पाठकहरुमा ह्याप्पी वोर्ल्ड बुक  डे – २०१९ ।

Comments