बेचिएका रहर हरु !

१५ बैशाख २०७६, आईतवार १३:०२

घरवाट टाढा वस्दा, परीवारको अभाव मा ।

आँखाबाट आँसु खस्छन, उदास भावमा ।।

 

हाँस्दै खेल्दै होलान शायद, सँगी साथी गाँउमा ।

आफ्ना रहर वेचिए सँधै, आँसुको भाउमा ।।

 

एक्लोपना प्रचुर पाए, भिडभाड यो ठाउँमा ।

रहे थोत्रा पुस्तक, कापी कलम सम्पतिको नाँउमा ।।

 

थाहै भएन, आएथ्यो कहिले वसन्त मेरो जीवनमा ।

छुट्यो कहाँ गन्तव्य मेरो, जीवनको यात्रामा ।।

 

भनीदेउ ईश्वर मलाई,आगो किन वल्यो रारा को विच मा।

मात्र आँसुको थियो साथ मलाइ, छुटे ती कुन ठाउँ मा।।

सम्बन्धित समाचार

Comments

error: Content is protected !!