जन्ती बोकेको जिप दुर्घटना

१६ बैशाख २०७६, सोमबार १९:५५

निस्दी गाउँपालिका (पाल्पा) मा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका वडा नम्बर – ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।

 

दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा निस्दी गाउँपालिका – ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै, सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिएका छन् ।

 

जिप अनियन्त्रीत भइ सडक क्षेत्र बाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रीत भएपछी जिपमा सवार केहि जन्तीले हाम फालेको प्रहरीले जनाएको छ ।

जिप मा सवार जिपमा सवार बेहुलाबेहुली पनि हाम फालेर बाँचेको प्रहरीले जनाएको छ भने उद्धार टोली घटनास्थल तर्फ़ गएको छ ।

घटनास्थल सदरमुकाम तानसेनबाट करिव ७० किलोमिटर दक्षिणपूर्वमा पर्छ।

Comments