बुद्ध पुर्णिामा र सिद्धार्थ गौतम ( बुद्ध पुर्णिमा विशेष )

४ जेष्ठ २०७६, शनिबार १५:४०

कुनै पनि महा पुरुष जन्म लिन्छ भने , त्यो जन्म बाहिर बाट हेर्दा सामान्य मानिस जन्मे सरह देखिन्छ तर उ विशेष उद्देश्य बोकेर धर्तीमा आएको धेरै पछि मात्र मानिसले चाल पाउँछन् । गीतामा श्री कृष्णले भनेका छन, जव जव संसारमा धर्मको अस्तित्व खतरामा पर्छ तव तव धर्मको उत्थान र पापको प्रणासनको लागि म जन्म लिन्छु।

यस्तै पुरुष थिए सिद्धार्थ गौतम, जो पछि गएर गौतम बुद्ध भए। मानव ले मानव भएर जन्मिसके पछी संसारका सुखदुःख सहेर जन्म, जीवन र मृत्युको कारण पैदा हुने दु:ख र पीडाबाट निर्लिप्त रही तिन माथी विजय हासिल गरेर निर्वाण प्राप्त गर्न सक्नु पर्छ । यसैलाइ हिन्दु अध्यात्मिक वाङ्मयमा मोक्ष भनिन्छ। मनुष्यको जन्म, जीवन र मृत्यु केवल निर्वाण प्राप्तिको लक्षतिर केन्द्रीत रहनुपर्छ । समग्रमा हेर्दा श्री कृष्ण र गौतम बुद्ध एउटै श्रेणीका व्यक्तित्व ठहरिन्छन । युगको फरक बेग्लै कुरो हो । दुबैले मोक्ष अर्थात निर्वाण प्राप्तीलाई मनुष्य जीवनको आखिरी पुरुषार्थ मानेका छन । यी दुई ब्यक्तित्व जीवनको बिस्तृत अध्ययन गरि प्राप्त निष्कर्षलाई मनसा,वाचा,कर्मणा पछ्याउन सकियो भने मृत्यु सुखदायी हुन सक्ने कुरामा बिश्वास गर्न सकिन्छ।

बुद्धम् शरणम् गच्छामी

लेखक : देव राज जोशी

सम्बन्धित समाचार

Comments

error: Content is protected !!