“जात्रै जात्राले” निम्त्याएको अर्को “जात्रा”

६ जेष्ठ २०७६, सोमबार ०८:४८

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले आजसम्म दुई करोड भन्दा बढी आम्दानी गरिसकेको छ। शुक्रवार बिहानैदेखि चलचित्रको व्यापार मल्टिप्लेक्समा आक्रामक थियो भने शनिबार पनि यो चलचित्रले सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको छ।

चलचित्रलाई काठमाण्डौको सबैभन्दा ठूलो चेन मानिएको क्यूएफएक्सले शुक्रबार १९ शोज दिएको छ भने शनिबारका लागि जय नेपाल हलमा १ शो बढाइसकेको छ । यसैविच, यो चलचित्रको शुक्रबार बिहान काठमाण्डौको कुमारी हलमा प्रेश शो आयोजना गरिएको छ । २ घन्टा १७ मिनेट लामो यो चलचित्रलाई पत्रकारले उत्कृष्ट भनेका छन् । बिहानी शोसँगै चलचित्रको दर्शकबाट पनि उत्कृष्ट समिक्षा आइरहेको छ ।

सुन काण्डको कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गरिएको यो चलचित्रले दर्शकलाई पुरा समय बाँधेर राखेको छ । चलचित्रको मुख्य कलाकार विपिन कार्कीको अभिनयले दर्शकलाई मोहित बनाउनेछ । विपिन चलचित्रको हरेक दृश्यमा फिट देखिएका छन् । रविन्द्र झा, रविन्द्र सिंह बानियाँको अभिनय पनि उत्कृष्ट छ ।

नायिका बर्षा राउतले पनि चलचित्रमा राम्रो काम गरेकी छिन् । बाल–कलाकार अव्रिन खड्काको अभिनयले दर्शकलाई रुवाउँछ । समग्रमा चलचित्रले २ घन्टा १७ मिनेट दर्शकलाई पूर्ण बाँधेर राखेको छ । यसैले पनि चलचित्रको व्यापार लामो समयसम्म कमजोर नहुने विश्लेषण गरिएको छ ।

Comments

error: Content is protected !!