बालिका बलात्कार गर्ने पुर्पक्षका लागि थुनामा

८ श्रावण २०७६, बुधबार ११:४३

८ साउन , पुष्कर खड्का रामेछाप :  दोलखा जिल्ला अदालतले रामेछापको उमाकुणड गाउँपालिका वडा नं.६का पोष बहादुर श्रेष्ठलाई बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनुवामा राख्न आदेश दिएको छ ।जिल्ला न्यायधिश कमल राज बिस्टको ईजलासमा भएको थुन छेक बहस पछि श्रेष्ठ लाई पुर्पक्षका लागि राखिएको  हो।रामेछाप घर भई दोलखाको जिरी नगरपालिकामा बस्दै आएका श्रेष्ठलाई १५ बर्षीय बालिका बिनु श्रेष्ठ लाई जबर्जस्ती करणी गरेको आरोपमा दोलखा प्रहरीले असार १७ गते नियन्त्रणमा लिएको थियो।

श्रेष्ठ लाई मुलुकी अपराध सहीता २०७४´को दफा १ सय १९ काे उपदफा १ र २ बमोजिम कसुर गरेकाे आरोपमा साेही ऐनकाे दफा २सय १९ (३)ग बमोजिम सजाय माग दाबि गरि अदालत पेस गरिएकाे थियाे । दाेलखा प्रहरीले श्रेष्ठ विरुद्ध जबर्जस्ती करणिम मुद्दा मा आवश्यक अनुसन्धान पूरा गरि सरकारी वकिल कार्यालय मार्फत आज अदालत पेश गरेकाेमा अदालतले पर्पका लागि थुनामा राख्ने आदेश दिएकाे हाे। अदालतकाे आदेश लगतै श्रेष्ठलाई आजै कारागार चलान गरिएकाे छ।

Comments

error: Content is protected !!