बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा

१२ मंसिर २०७६, बिहीबार ०८:०६

एजेन्सी : बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई तीन एक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले नकआउट चरणमा पुगेको हो ।

बार्सिलोनका लाथि कप्तान मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानले गोल गरे । पराजित टिम डर्टमुन्डका लागि जाडोन सान्चोले एक गोल फर्काए ।

समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदै बार्सिलोना लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । अब बार्सिलोनाले इन्टर मिलानसँग खेल्न बाँँकी छ । अपराजित बार्सिलोनाको ५ खेलबाट ११ अंक रहेको छ । डर्टमुण्ड ७ अंक सहित तेस्रो स्थानमा छ ।

Comments

error: Content is protected !!