१३ औं साग : आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

१७ मंसिर २०७६, मंगलवार ०८:०८

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । महिला भलिबलको उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा फाइनल भिडन्त अपारन्ह चार बजे हुनेछ । पुरुषतर्फको फाइनलमा भने पाकिस्तानले भारतसँग खेल्नेछ ।

आज एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल आज हुँदैछ ।

त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत आजै राखिएको छ । त्यस्तै तेक्वान्दोमा गेरुगी तर्फ ४ स्वर्णको टुङ्गो पनि आजै लाग्दैछ । यस्तै कराँतेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ ।

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ । टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु हुनेछन् । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ । फुटबलमा नेपालले भुटानसँग रंगशालामा दिउँसो एक बजे प्रतिस्पर्धा गर्नेछ ।

महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा हुँदैछन् ।

Comments

error: Content is protected !!