पीपीएल : आज पोखरा र चितवन भिड्दै

१ पुष २०७६, मंगलवार ०८:४७

पोखरा : पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुने भएको छ । पोखरा रंगशालामा विहान साढे ११ बजेदेखि शुरुहुने खेलमा पारस खड्काको चितवन राइनोज र शरद भेषावकरको पोखरा पल्टन भिड्ने छन् ।

पोखरा पल्टन लगातार दोस्रो जितको खोजिमा हुँदा चितवनले पहिलो खेलमा जित हात पार्दै सुखद् शुरुआत गर्ने तयारीमा हुने छ । चितवनको टिममा कप्तान पारस खड्का सहित, आरिफ शेख, बाबर हायात, विक्रम भुषास, विक्रम सोब, रामनरेश गिरी, करण केसी, भुवन कार्की र सु्मित महर्जन छन् । यस्तै, रोहन मुस्तफा, अनिल साह, हरिशंकर साह, सोनु तामाङ र आकाश थापा रहेका छन् ।

पोखराको टिममा कप्तान शरद भेषावकरसहित सर्वजित लड्डा, आकाश चन्द, आशिफ शेख, मेहबुब आलम, विनोद भण्डारी, कुशल भुर्तेल, प्रथमेश डेके, सुम घिमिरे रहेका छन् । त्यस्तै रविइन्दर सिंह, कृष्ण कार्की, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, ललित राजबंशी र रशिद खान छन् ।

Comments