च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको खेल तालिका सार्वजनिक

१ पुष २०७६, मंगलवार ०९:०२

एजेन्सी : च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार म्यानचेस्टर सिटी र रियल मड्रिड प्रि क्वाटरफाइनलमै आमने सामने हुने भएका छन् ।

सिटी र रियलको खेल २०१६ को सेमिफाइनलका रुपमा हेरिएको छ । त्यो बेला सिटी रियलसँग नै पराजित भएको थियो । साविक विजेता लिभरपुलले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यस्तै चेल्सीले वायर्न म्युनिख र टोटनह्यामले आरबी लेपिज्गसँग प्रतिस्पर्धा गर्ने तय भएको हो ।

युभेन्ट्सले लियोन तथा भ्यालेन्सियाले एटालान्टासँग प्रतिस्पर्धा गर्ने छ । बार्सिलोनाले नापोली तथा पीएसजीले बोरुसिया डर्टमुन्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रि क्वाटरफाइनलका खेलहरु आगामी फेब्रुअरी १९ वाट शुरु हुनेछन् ।

Comments

error: Content is protected !!