पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा हिमपात

१८ पुष २०७६, शुक्रबार ०९:१५

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुने भएको छ । सोही बायुका कारण बिहान काठमाडौंमा वर्षा भएको छ । देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको पनि सम्भावना औंल्याएको छ ।

बेलुका चार/पाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा सुधार हुँदै जाने मौसमबिदले बताएका छन् । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा भने बिहीबार बेलुकावाट नै बर्षा र हिमपात शुरु भएको छ ।

डडेल्धुरा लगायत बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढेको छ । डडेल्धुराको हगुल्टे लेक र अनारखोली क्षेत्रमा चार फिट हिउँ जमेका छ । हिमपातले भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्गमा यातायात सञ्चालनमा समेत समस्या भएको छ ।

सम्बन्धित समाचार

Comments

error: Content is protected !!