दुष्ट छिमेकी (कविता)

१५ जेष्ठ २०७७, बिहीबार १४:४८

दुष्ट छिमेकी
दियौं दिल समेत् अति असल हो मित्रै समिपको भनि ।
भुल्यौं दुष्ट अति भयंकर छ त्यो राहु र केतु शनि ।
पाएनौं प्रतिफल कदापि कहिल्यै धोका अनि घात् गर्यो ।
दुर्दुर भन्दा नमानि आज त नरे झन् झन् नजिकै सर्यो ।

 

विर गोर्खा बसेको छ कार्गिलहरु उल्टै सुरक्षित गरि ।
सिमा सार्दछ दुष्टले दिनदिनै रत्ति भरैले डरि ।
जाग्नै पर्दछ लौ अति सहन भो तर्सेर भागोस किडा ।
टुल्टुल हेर्न कदापि सक्छ कसले मातृभूमिको पिडा ।

 

जुटौं जाऔं कपाऔं पाउ उसका छिन्भिन्न छाती गरि ।
देऔं बज्र समान प्रहार उसका कापुन ति थर थर गरि ।
तिघ्रा नस् नसका र ढाडहरुका मन् भित्रका कोसीका ।
बर्षा यामै सरि निरन्तर बहुँन अश्रुहरु दोषीका ।

 

भै सिश्टादि कदापि दिन्न उसले भयंकर अजिँगर छ त्यो ।
छेउ मै बस्छ तथापि डस्छ उसले ठुलै कसिँगर छ त्यो ।
नम्रै विन्ति अटेरी हो असुर त्यो लातै भने मान्दछ ।
पुर्खाको बलिदान् अदम्य बिरता गाथा भने जान्दछ ।

 

दुर्भाग्य नै भनौ कि आज कसरि दुरावस्था यो भयो ।
गोर्खाली र बिरँगना प्रतित् हुने साखै त्यो खै का गयो ।
हे इश्वर दिएनौ आज तिमिले एउटै सपुत् देशमा ।
उल्टै डस्छन् यी पापीले सकभर त्यो छ्द्मीको भेषमा ।

 

थिए बिरहरु र पो सब थिए टिस्टा अनि काँकडा ।
खुँडा साथ् थियो अमर बलहरु भक्ति थिए जो खडा ।
नक्सैमा रहेनन् नि कोशी र लिपु कालीहरु का गए ।
काट्थ्य मुलै सरि सिरै ती रिपुका मालीहरु का गए ।

 

रुक्ने छैन त्यो दुष्ट हो अझ पनि गिद्दे नजर गाड्दछ ।
लुट्नै पल्कि सक्यो र पो दिन दिनै जंगे पिलर सार्दछ ।
शत्रुलाइ परास्त गर्नु छ अब ठाडै न उठ्ने गरि ।
मेचीकाली हिमाल चम्किइ रहुन चन्द्रै सूर्य ध्वज सरि ।
मंगल रेग्मी
न्युयोर्क, अमेरिका

Comments