कविता : धरातल

१८ असार २०७७, बिहीबार ११:०१

आकास मा उड्ने चरी लाई रोक्न कहाँ सकिन्छ र?

 

अनायासै आउने याद हरु भुल्न कहाँ सकिन्छ र,

 

हिजो मेरा थियौ, वरिपरी घुमिरहने चिरबिरे चरा पखेटा बढेपछी रोक्न कहाँ सकिन्छ र?

 

सन्सार हो तिम्रो घुम्नु फन्का लगाउनु, माथी पुग्नु खुब भेट हाम्रो फेरि धर्तिमै होला,

 

धरातल भुलेर सधैभरी कतिन्जेल उड्ने सकिन्छ र?

कृष्ण हरि आचार्य
हाल अमेरिका टेक्सस

Comments