सलह किरा र नेपाली किसान

१९ असार २०७७, शुक्रबार १०:१३

काठमान्डू – सञ्चै हुनुहुन्छ, कतै तपाईंको आम्दानीको कुनै भाग त नाश भएको छैन ? कतै तपाईंको कुनै मिहिनेत त खेर गइरहेको त छैन ? जब यस्ता यस्ती कुराले   दिमागमा कब्जा गर्दछन् त  मनमा मात्रै एउटै उत्तर आउँछ – किसान । किनभने जब कुनै मुसलधारे पानी पर्छ , समाजका भलाद्मी हरु भित्रै आफ्नै कार्यालय /घरमा बसिरहेका हुन्छन् । कोही आफूलाई छोप्ने खालको ओडा ओडेर बसेका हुन्छन् तर किसान भने आफ्नो टाउकोमा सामान्य घूम ओडेर​ एउटा काधमा हलो र अर्को काधमा जुवा बोकेर खेत तर्फ लाग्छन र विभिन्न समस्या हरु भोगी खेती गर्दछन् । जब खेतीको स्याहार सुसार गर्ने बेला आउँछ तब , कहिले सिँचाइको लागि पानी हुन्न ,कहिले तापक्रम अधिकतम हुन्छ ,कहिले जङ्गली जनावर ले नाश गर्दिन्छन , यस्तै अनेकौं किसिमका समस्या भोगी अन्तत: नोक्सानमा गै खेती स्याहर्छन र ऋण तिर्न नसक्ने अवस्थामा पुगेको हुन्छन्। 

अहिले नेपाली किसान लाई पनि अर्को चुनौती आएको छ , फट्याङ्ग्राको प्रजाति मानिएको सलह किरा एक प्रकारको फौजी किरा हो ,जसले बालीनाली सखाप पारी भोकमारी जस्तो समस्या ल्याउन सक्छ ​ । फट्याङ्ग्रा को प्रजाति मानिएको यो किरा लामो दूरी सम्म उड्न सक्ने र समहुमा भएको यो किराले सारा हरियाली लाई नष्ट पार्दछन्। ​ सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ। अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए ।२०१९ मा अफ्रिकाको सोमालिया मा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या ​ सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।नियन्त्रणको उपाय भने अर्गानोफोस्फेट को प्रयोग गर्ने,कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्ने,टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने,र हासको प्रयोग गर्ने जस्तो हुन सक्छ।

यसको एक बथान​ अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ र भारत हुँदै नेपालको विभिन्न स्थानमा प्रवेश पनि गरेको छ।नेपालमा सलह किरा शनिबार देखा परेको छ ।तपाईंलाई थाहा छ, यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो । नेपालमा देखा परेको सलह किराको ठूलो बथान भारतबाट आएको हो। ​ लाखौंको संख्यामा प्रवेश गरेको सलाह किरा नेपालको विभिन्न स्थानमा देखा परेको छ। तिनीहरूको आतंक बाट बच्न के गर्ने कसरी बच्ने भनेर नेपाली किसानहरूधेरै चिन्तित छन्। हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति न पुराएको पनि भन्छन् ।
असारदेखि भदौ महिनाको मध्यसम्म किसानले खेतमा धान रोप्छन्।त्योभन्दा करिब महिनाअघि देखि उनीहरू बीउको खोजीमा हुन्छन्।कतिपयले आफ्नै ढुकुटीमा धानको बीउ जोहो गरेका हुन्छन् भने कतिपय चाहिँ कृषि सामग्री संस्थान, कृषि सहकारी तथा कृषि ज्ञान केन्द्रमा उन्नत जातको बीउको खोजीमा जाने गर्छन्।तर कतिपय अवस्थामा उन्नत जातका भनिएकै धानका बीउमा पनि समस्या आउने गर्छ।यसै वर्ष पनि देशका विभिन्न स्थानमा विभिन्न सहकारी संस्थाद्वारा वितरित गरिमा जातको धानमा बाला नलागेर किसान मर्कामा परेका विवरणहरू सार्वजनिक भएका छन्।नेपालमा रञ्जित, मन्सुली, बासमती, कालो नुनियालगायत विभिन्न स्थानीय तथा उन्नत जातका धानको बीउ प्रचलनमा छन्।

धानबाली विज्ञ डा भोलामान सिंह बस्नेतका अनुसार ठाउँ अनुसार धानको बीउ छनोट र गुणस्तरमा ध्यान दिन नसक्दा उत्पादनमा ह्रास आउने गरेको छ।उनले भने, कुन धान कसरी, कुन स्थानमा लगाउने भनेर विज्ञले सुझाव दिनुपर्ने हो, तर हाम्रा विज्ञ किसानसम्म पुग्दै पुग्दैनन्​ । किसानका विविध समस्या छन् । गुणस्तरीय विउ छैन, वाली लगाउने समयमा मल छैन, वाली लगाउने समय भयो सिचाईको व्यवस्था छैन, खेती वालीमा रोग किरा लाग्छ सल्लाह लिने प्राविधिक छैन, वाली लगायो नोक्सान हुन्छ, पशु पाल्यो मर्छ विमा कम्पनी छैन, खेतीपाती गर्यो वन्य जन्तुले वालीको नोक्सानी गर्छ क्षतिपुर्ति छैन, ऋण चाहियो ऋण कसैले दिदैन बैंकले मोटर वाटोले छोएको धितो खोज्छ । उत्पादन गर्यो विक्री गर्ने बजार छैन विक्री भइ हाल्दा पनि विचौलियाको विगविगी छ । राज्यले अनुदान दिन्छ ,उक्त अनुदान किसान भन्दा पनि गैर किसानले पाउँछ, किसान को हो पहिचान छैन, जोखिम युक्त कार्य किसानले गर्छन्, उपचार तथा सामाजिक सुरक्षाको व्यवस्था छैन, जसले खेती गर्छ उसको नाममा जमिन छैन, प्रविधि छैन, किसानको लागि नीति नियम बन्छ नीतिमा के छ किसानलाई थाहा हुदैन ।

तराईमा धानको खेती को समय र मकै स्यार्नी समय , पहाडमा भने मकै हुर्कदै गरेको समय भएकाले यसले धेरै मकैमा क्षति गर्न सक्छ। त्यसको प्रकोप रोकथाम को लागि सरकार संग उपाय के छ त । सधैं​ थालै ठाटाई भगाउने मात्र त होइन होला। ऋण लिएर मकै खेती गरेका हाम्रा किसानहरूले सलाह को प्रकोप बाट बचेर त्यो ऋण तिर्न सक्लान् रु कतै यस प्रकोपले किसानको आत्मबल कमजोर पार्ने त होइन ! भन्छन् नी, शत्रु लागुस तर दैव न लागोस कतै यो दैवकै खेल त होइन  ​लाखौंको झुण्ड मा फेरि नेपाल प्रवेश गर्दै गरेको यो किरा ले तराईमा लगाएको धान नष्ट गर्ने त होइन ।र चिसोमा यसको प्रजनन क्षमता बढी हुने हुँदा कतै तराई, पहाड बाटै नै निस्कने ​ त होईन। नेपाली कृषिमा पछि पर्नुको कारण कृषि सम्वन्धी नीति नियम नेपाली किसानको अवस्था, क्षमता, नेपाली माटो तथा भूगोल सुहाउँदो नवन्नु । नेपाली कृषि र किसानको लागि बन्ने नीति तथा कार्यक्रममा नेपालीपन भन्दा पनि बिदेशी नक्कल झक्कलले प्राथमिकता पाउनु । किसानहरुलाई नीति निर्माणमा सहभागी नगराइनु । नीति निर्माण गर्दा किसानलाई थाहा हुन्छ की जसरी छलफल, अन्तरक्रिया नै नगरी नीति नियम निर्माण गरि पास गर्नु र पास भए पश्चात पनि नीतिमा उल्लेख भएका कुरा किसानहरुलाई जानकारी नै नगराउनु । धुले किसानका नाममा झोले किसानले अनुदान प्राप्त गर्नु । कागजमा योजना खल्तीमा बजेट हुनु । सेवा सुविधा र अनुदान वितरण राम्रालाई नभई हाम्रालाई भन्ने प्रवृति नै नेपाली कृषि पछि पर्नुका बाधक कारक हुन।

नेपली कृषि मा गिरावट ल्याउन सक्ने , के हो त​ नेपाल प्रवेश गरेको सलह किरा ? 

फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । सलहले दुई सातामा अन्डाबाट करिब सयको संख्यामा बच्चा उत्पादन गर्ने भएकाले यसको संख्या विस्तार छिटो हुन्छ । बच्चा १ देखि ३ महिनामा ६ पटकसम्म काँचुली फेरेपछि वयस्क हुन्छ । वयस्क सलह ४ देखि ५ महिनासम्म बाँच्छ । सलहले वयस्क भएपछि लामो समयसम्म हावामा उड्न र ४ देखि ५ हजार किमि १० दिनमै तय गर्न सक्छ ।

हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ ।

नियंत्रण का उपाय के छ त ?

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल/जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।

विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।
तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको थियो।

सलह नेपालमा प्रवेश गरेसँगै किसान सगै हामी पनि त्रसित बनेका छौ। यसको नियन्त्रण छिटो भन्दा छिटो होस् भन्ने चाहन्छौं। हामी सबैको सरकार संग पनि यही नै अनुरोध छ ।

Comments