जगन्ननाथपुर गाउँपालिका अध्यक्षद्वारा १५ बर्षीय युवतीलाइ बलात्कर गर्ने आरोपित लाइ बचाउन दवाव

४ श्रावण २०७७, आईतवार १२:०३

पर्सा संवाददाता – १५ बर्षिया एक युवतीलाई बलात्कार गर्ने नुर आलम मिया र बलात्कार घटना दबाउन जगन्ननाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया मन्सुरीले आफ्नो सम्पुर्ण प्रभाव लगाएको घटना सार्वजनिक भएको छ ।

जगन्ननाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया मन्सुरी

शनिवार ति किशोरीलाई मुखमा कपडा हालेर हात बाँधेर फूलबारीमा बलात्कार गरेर छोडेका थिए । सो घटना सार्वजनिक भएपछी दिनभर जगन्ननाथपुर गाउँपालिका तनावग्रस्त रह्यो पिडित किशोरीको काका माथी हातपात गरेर गाँउमै दिनभर जगन्ननाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया मन्सुरीले आरोपीलाई बचाउन दवाव दिएको कुरा सार्वजनिक भएको छ ।

यता प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपनिरिक्षक मन्जिव कुँवरले दुष्कर्म भएको मेडिकल रिपोर्ट आएको बताए ।

Comments

error: Content is protected !!