रोटर्याक्ट क्लब ऑफ़ धरान घोपा द्वारा “#NOTANYMORE” अभियानमा वेबिनार सम्पन्न

६ श्रावण २०७७, मंगलवार २१:३६

धरान – वर्तमान परिपेक्षमा, COVID -19 महामारीको क्रममा लकडाउन र प्रतिबन्धका कारण बढेको स्क्रीन समयले अनलाइन दुरुपयोग र अनलाइन यौन दुर्व्यवहारको जोखिम बढेको छ। अनलाइन यौन दुर्व्यवहारका घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ र यस लकडाउन चरणमा यो अत्यन्त ठूलो रूप लिन सफल भएको छ । त्यसैले यस्तो गम्भीर चिन्ताको विषय बनेको यस मुद्दालाई हेर्दै पोलिटिकल लिटरेसी फर वेमेन नामक संस्थाले एक “#NOTANYMORE” अभियान आरम्भ गरेको छ जसको उद्देश्य सामाजिक चेतना जगाउने, सामाजिक दवाव सिर्जना गर्ने र कानुनी सहयोग खोज्दै यस विषयलाई माथिल्लो तह समक्ष लैजानु हो; जो यस अभियानमा आवाज थप्न को लागि सामेल हुनेछ ।

पोलिटिकल लिटरेसी फर वेमेन द्वारा सुरुवात गरिएको एस वेबिनार, रोटर्याक्ट ज़ोन १ को संगठनमा रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजना तथा ज़ोनका सम्पुर्ण क्लबको सहायोजनमा सम्पन्न भएको हो ।

वेबिनारमा १५० भन्दा बढी रोट्रयाक्टर्स, इन्टर्याक्टरका साथसाथै अन्य नन्-रोटर्याक्टर्सहरूको पनि सहभागिता रहेको जन सम्पर्क अधिकारी रो. सुशान्त थापा तथा रो. रूचि आचार्यले बताए । यस कार्यक्रम जुम मीटिंग ऐप्प प्लेटफॉर्म मार्फत सञ्चालन भएको थियो जसलाई २ भागमा बिभाजन गरिएको थियो; पहिलो १-२ बजे र दोस्रो २ :३०-३:३० बजे सञ्चालन भएको थियो ।

ज़ोनल रोटर्याक्ट रेप्रिजेन्टेटिव रो आक्राटी भण्डारी र समाना लवातीको न्यानो स्वागत भाषण ले कार्यक्रम शुरु गरिएको थियो। दिपिशा बिष्टले अनलाइन यौन उत्पीडन, यस सम्बन्धी कानूनहरू र हिंसाको बिरूद्धमा कारबाहीको बारेमा विस्तृत जानकारी दिएकि थिइन ।

लकडाउनमा झनै बढ्दै गएको ऑनलाइन यौन दुर्व्यवहार, यसको बिरूद्धमा गर्न सकिने कामहरू, यस बिरुद्ध कानुनी प्राबधान र जनसमुदायलाई कसरी यस्तो बिकृतिबाट जोगिन सकिन्छ भन्ने बारे छलफल भयो ।
रुचि आचार्य – धरान

Comments

error: Content is protected !!