२०७८ आश्विन ७ गते, बिहीबार ०५:४९

धनगढी विमानस्थलबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाईसेवा सुचारु

२०७७ कार्तिक १ गते, शनिबार ११:१५

धनगढी- धनगढी विमानस्थलबाट बाजुरा, बझाङ, बैतडी र डोटीमा नियमित हवाई सेवा सुरू भएको हो। लामो समयदेखि बन्द रहेका विमानस्थलहरू मर्मत र कालोपत्रे भएपछि भदौ अन्तिमतिर बाजुरा र असोज १७ गते डोटी, बझाङ र बैतडीमा उद्घाटन उडान गरिएको थियो। त्यसपश्चात बाजुरामा दुई महिनादेखि नियमित उडान हुदै आएको छ।

यस्तै, बझाङमा पछिललो एक सातामा दुई पटक उडान भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए।बैतडी र डोटीमा भने शुक्रबार मात्रै पहिलो उडान भएको उनले बताए। समिट एयरले सुदूरपसिश्चमका पहाडी जिल्लामा उडान गरिरहेको छ। उसले समयतालिका बनाई नियमित उडान गरिरहेको छ।

अहिले धनगढी–बझाङ ५ हजार २ सय ४८, धनगढी–बैतडी ४-४ हजार र धनगढी–डोटी ३ हजार २ सय टिकट दर रहेको धनगढी विमानस्थलले जनाएको छ।

सम्बन्धित समाचार

Comments