रोट्रयाक्ट क्लब अफ धरान घोपाले भव्य रुपमा विश्व रोट्रयाक्ट सप्ताह मनाउदै

२३ फाल्गुन २०७७, आईतवार १८:५३

फास्टेस्ट न्युज नेपाल
धरान फाल्गुन, २३ – रोट्रयाक्ट क्लब अफ धरान घोपाले ८ मार्च देखि १४ मार्च सम्म विश्व रोट्रयाक्ट सप्ताह भव्य रुपमा मनाउने भएको छ । प्रत्येक वर्ष विश्वभरका रोट्रयाक्टरहरु र रोटेरियनहरूले सन १९६८ मा पहिलो क्लबको स्थापनाको उपलक्ष्यमा ८-१४ मार्च सम्म विश्व रोट्रयाक्ट सप्ताह मनाउँछन्। रोट्रयाक्ट क्लबहरूले गर्ने बहुमुल्य र प्रभावकारी कार्यको बारेमा सदस्यहरूलाई जानकारी दिन र तिनीहरूलाई संलग्न हुने अवसर प्रदान गर्न तथा पेशागत शीप र नेतृत्व कौशल विकास गर्ने उद्देश्यले यो सप्ताह मनाइने गरिएको रो सुशान्त थापाले बताए ।

रोट्रयाक्ट क्लब अफ धरान घोपा, २९ जुन, २००४ मा
रोटरी क्लब अफ धरान धोपाको प्रायोजनमा स्थापना भएको एक अन्तर्राष्ट्रिय संस्था हो । मेडिकल, डेन्टल, नर्सिंग जस्ता स्वास्थ्य क्षेत्रका करीब ४०० तल्लीन तथा उत्साहित चिकित्सा विद्यार्थीहरुको समूह एस क्लब मा आबद्द छन् जसले समुदाय सेवा, फेलोशिप जस्ता मार्ग मार्फत सम्बन्ध र नेतृत्व कौशलको खेती गर्छन् र विश्वलाई प्रभाव पार्ने उद्देश्यको साथ आफ्नो समय योगदान गर्दै आएका छन् ।
रोट्यारेट क्लब अफ धरान घोपाले आयोजित विभिन्न कार्यक्रमहरू मार्फत अन्तर्राष्ट्रिय सेवाहरू, सामुदायिक सेवाहरू, पेशागत सेवाहरू, स्वास्थ्य सेवाहरू र क्लब सेवाहरू समाजमा गर्दै आएको रो थापाले बताए।

यस वर्ष पनि रोट्रयाक्ट क्लब अफ धरान घोपाले रोट्रयाक्ट सप्ताहमा विभिन्न समाजिक, प्रयोगात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै छ । यस कार्यक्रमको मुख्य संयोजकको रुपमा
रो आशिष बानिया र रो त्रितिक राज पासवान रहेको रो रुची आचार्यले बताईन ।

आगामी कार्यक्रम तालिका

– ८ मार्च – उद्घाटन समारोह ,रोटरी-रोट्रयाक्ट फेलोशिप
– ९ मार्च- टी-शर्ट रिलिज
– १० मार्च- ट्रेजर हन्ट , सफाई अभियान / सडक सुरक्षा उपायहरू , फुटसल प्रतियोगिता , क्रिक्सल प्रतियोगिता
– ११-१४ मार्च- रोट्रयाक्ट स्पोर्ट फेस्ट
– १२ मार्च- शुभरत्न स्मारक बहस प्रतियोगिता , चम्चा दौड
– १२-१४ मार्च- रोटा वन चरण ३
– १३ मार्च – घनश्याम शान्ति रोटा क्विज प्रतियोगिता , स्लो बाइक र स्कूटी रेस
– १४ मार्च- संयुक्त रोटरी रोटार्क्ट बैठक , रोट्रयाक्ट साताको समापन समारोह

यसरी यस वर्ष पनि विभिन्न समाजिक, मनोरञ्जनात्मक तथा उत्साहजनक कार्यक्रमहरु आयोजना गरेर रोट्रयाक्ट क्लब अफ धरान घोपाले विश्व रोट्रयाक्ट सप्ताह मनायने जानकारी रो सुयोग झाले दिएका छन् ।

Comments

error: Content is protected !!