२०७८ श्रावण ११ गते, सोमबार १०:११

भारतमा कोरोना तिब्र गतिमा फैलदै, केही स्थानमा फेरी लकडाउनको घोषणा

२०७७ चैत्र ८ गते, आईतवार १०:११

फास्टेस्ट न्युज नेपाल
काठमान्डू , चैत्र ,९ – भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८१५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको ज्यान गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६५३ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा भएको छ । केही दिनअघि आवश्यक निर्णय गर्न निर्देशन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

सम्बन्धित समाचार

Comments