२०७८ श्रावण ११ गते, सोमबार ०९:५५

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

२०७७ चैत्र १२ गते, बिहीबार ०८:५८

फास्टेस्ट न्युज नेपाल
काठमान्डू , चैत्र ,१२ – भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ४४१ पुगेको छ । पछिल्लो २४ घण्टामा २७५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा कोरोना संक्रमण भइसकेको छ । भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएको छ ।

Comments