२०७८ श्रावण ११ गते, सोमबार १०:१९

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

२०७७ चैत्र १६ गते, सोमबार ०७:१०

फास्टेस्ट न्युज नेपाल
काठमान्डू , चैत्र ,१६ – १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान दूध लिन जाँदै गरेकी बालिकालाई बाटोमा भेटेपछि खोल्सामा लगेर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख भएको डीएसपी प्रकाश दाहालले बताए ।

पक्राउ परेका खत्रीलाई सोमबार जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको दाहालले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments