२०७८ कार्तिक ११ गते, बिहीबार ०२:३९

भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण

२०७८ बैशाख ४ गते, शनिबार १०:०५

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, बैशाख, ४ – भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३५३ कोरोना संक्रमित फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७४ हजार ३०८ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार ९१७ पुगेको तथ्यांक छ ।

सम्बन्धित समाचार

Comments