२०७८ श्रावण ११ गते, सोमबार १०:०१

कविता : हार कस्को हुन्छ, जित कस्को हुन्छ,

२०७८ बैशाख ३१ गते, शुक्रबार ०७:४०

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, बैशाख, ३१ –

गुरु
२४ घन्टामा
१२ घन्टा उज्यालोको हुन्छ,
१२ घन्टा अध्यारोको हुन्छ
फेरि हार कस्को हुन्छ ,
जित कस्को हुन्छ

तिमी र मलाई
एउटै तराजुमा बराबर तौल
बनाएर जोख्दा ।
तिमिलाइ एउटाले छनोट गर्छ ,
अनि मलाई अर्कोले छनोट गर्छ
फेरि हार कस्को हुन्छ
जित कस्को हुन्छ

शिसिरमा चिसोले झरेका ती
रुखका पातहरु पनि

फेरि
बसन्तमा त्यही शितलकै
कारणले पलाउछन , भन
फेरि हार कस्को हुन्छ ,
जित कस्को हुन्छ

युद्धमा रणसंग्राम मच्चिदा
दुश्मनको अस्त्रसग,
आफ्नो अस्त्र टक्राप हुदा ,
धर्ती भासिन्छ ,
न दुश्मनलाई नोक्सान हुन्छ ,
न आफुलाइ नाफा हुन्छ
फेरि हार कस्को हुन्छ
जित कस्को हुन्छ

हिजो यो धर्तिमा
झरी परेको थ्यो
आज घाम लगेको छ
र त पनि हिजोकै शितलले
आजलाइ सितल बनाएको छ ।
फेरि हार कस्को हुन्छ ,
जित कस्को हुन्छ

आजको हुन्छ कि हिजोको हुन्छ

हिजोको सकारात्मक प्रतिफलले
मलाइ
केही अगाडी बढ्न प्रेरणा दिन्थ्यो
आजको सकारात्मक प्रतिफलले
कता कता डर देखाउदछ
पोख्न( पोखन) खोज्छु मनका
प्रत्यक भवनाहरु
तर लेख्दा लेख्दै , कलम को मसि
सकिन्छ ,
अझ पनि अफैमा बिश्वास्त छु
मसि सकिए पनि
मेरा मनका भवनाहरुको लहर
सकिएको छैन
मेरा सपनाहरु साकार
भएका छैनन
मित्रलाई मायाको भारी बोकाउनु छ
शत्रुलाई पनि सहयोग गर्नु छ,
मित्र बनाउनु छ,
तर पनि कता कता
डर लाग्छ , अ साचै

हार कस्को हुन्छ ,
जित कस्को हुन्छ
कहिले हाँस्दा हाँस्दै
रोएको छु ,
कहिले रुदा , रुदै हाँसेको छु
कहिले हाँसोले आँसु
खोजेको छ
कहिले आँसु ले हाँसो
खोजेको छ
म हाँसो र आशुको समिस्रन
मिलाउदा मिलाउदै
यहाँ सम्म पुगेको छु
ल अब अन्तिममा तिमी नै भन
हार कस्को हुन्छ
जित कस्को हुन्छ ।

-महेन्द्र शाही

Comments