२०७८ श्रावण ११ गते, सोमबार ११:०२

काठमाडौं रेजर्सले जित्यो पहिलो नेपाल सुपर लिग फुटबल

२०७८ जेष्ठ १ गते, शनिबार ०७:४८

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,१ – काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० गोलले हरायो। काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको छ। प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो।

फ्रेन्चाइजमा आधारित नेपालमा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो।

Comments