२०७८ श्रावण ११ गते, सोमबार १०:२१

शेयर बजारमा नयाँ रेकर्ड, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार

२०७८ जेष्ठ ४ गते, मंगलवार ०५:०९

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,४ – मंगलवार नेपाली बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ११ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज शेयर बजारमा ११ अर्ब ३५ करोड, ९३ लाख, ६० हजार ९२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज २ करोड, ३१ लाख, ३१ हजार, ६ सय १५ कित्ता शेयर कारोबार भएको छ ।

अहिलेसम्मकै उच्च अंकले वृद्धि भएको शेयर बजारमा नेप्से परिसुचक ३४ दशमलव ६८ अंकले वृद्धि भई २ हजार ७ सय ९३ दशमलव ८९ बिन्दुमा पुगेको छ ।

सम्बन्धित समाचार

Comments