२०७८ कार्तिक ११ गते, बिहीबार ०२:४२

विज्ञापनसहित विदेशी च्यानल प्रसारण गरे कारबाही गर्ने बोर्डको चेतावनी

२०७८ जेष्ठ ५ गते, बुधबार ०९:२२

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,५ – विज्ञापन बोर्डले क्लिनफिड लागु भइसकेको अवस्थामा विदेशी च्यानलहरूमा विज्ञापनसहित प्रसारण गरेको भेटिए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै चेतावनी दिएको हो ।

क्लिनफिड लागु भइसकेको अवस्थामा केही वितरकहरुले अहिले पनि विज्ञापनसहित विदेशी च्यानलको प्रसारण गरिरहेको भन्ने उजुरी परेको भन्दै बोर्डले त्यस्तो पाइएमा कारबाही गर्ने बताएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार विज्ञापन (नियमन) गर्ने ऐन २०७६ को दफा ६ को उपदफा (१) मा “नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू विज्ञापन रहित (क्लिनफिड) प्रसारण गर्नु पर्नेछ” भन्ने स्पष्ट व्यवस्था भएकाले सोही अनुसार गर्न बोर्डले भनेको छ ।

बोर्डले क्लिनफिड नीतिविपरीत काम गरिरहेका प्रसारकहरूको अनुगमन गरिरहेको र त्यस्तो भेटिए कानुन बमोजिम कारबाही हुने बताएको छ । बोर्डले कानुनी व्यवस्था विपरित प्रसारण नगर्न नगराउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

Comments