२०७८ श्रावण ११ गते, सोमबार १०:००

शीर्ष दलका नेतासहित संसद विघटनविरुद्ध सामूहिक रिट दिन सर्वोच्च जाने तयारीमा

२०७८ जेष्ठ ९ गते, आईतवार ०९:२९

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ , ९ – दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनविरुद्ध बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने तयारी दलहरुले गरेका छन्।

पुस ५ गते भएको विघटनको फैसलाको पूर्णपाठ नै तयार नहुँदै दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेपछि त्यस विरुद्ध पाँच राजनीतिक दल बहुमत दाबी गर्दै सर्वोच्च जान लागेका हुन् ।

‘सामूहिक रिट दर्ता गर्ने सवै तयारी पूरा भएको छ,’ निवेदन लेख्ने जिम्मा पाएका एक अधिवक्ताले भने, सर्वोच्च अदालतमा १० बजे नै पुग्ने तयारी गरेका छौं।’ नेताहरुसहित सामूहिक जाने कि केही शीर्ष नेतामात्र जाने छलफल भइरहेको ती अधिवक्ताले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दा बहुमत र अर्को सरकार गठन हुने विकल्पलाई बेवास्था गरेको दावी निवेदनमा गरिएको छ। राष्ट्रपतिले संविधानको धारा ७६को उपधारा ५ को सरकार गठनका लागि आह्वान गर्दा प्रक्रियासमेत नमिलेको र अल्पमतमा रहेको सरकारले फेरि बहुमत भएको दावी गरेकै आधारमा राष्ट्रपतिले खारेज गरेकाले विघटनविरुद्ध अन्तरिम आदेश जारी भई प्रतिनिधि सभा शुचारु गर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्।

सर्वोच्च अदालतमा रिटसँगै बहुमत सदस्यकाे नागरिकता पेश गर्ने कि दर्ता प्रक्रिया शुरु गरेर पेश गर्ने छलफल भइरहेको ती अधिवक्ताले बताए।

सम्बन्धित समाचार

Comments