२०७८ श्रावण ११ गते, सोमबार ११:००

प्रधानमन्त्री ओली : २५ दिन हाम्रा लागि निकै कष्टकर रहे, अहिले सुधार आयो

२०७८ जेष्ठ १४ गते, शुक्रबार ०४:२१

फास्टेस्ट न्युज नेपाल
काठमान्डू, जेष्ठ ,१४ – प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधआदेश यताको २५ दिन निकै कष्टकर रहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसबीचमा २ लाख संक्रमित थपिएको र ३ हजारले ज्यान गुमाएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले अहिले अवस्था सुधारतर्फ अघि बढेको, अक्सिन आपूर्ति व्यस्थिति गरिएको बताएका छन् । एयरलिफ्टका माध्यमबाट समेत अक्सिन आपूर्ति गरिएको धेरै अन्तर्राष्ट्रिय समूदाय, आफ्नो गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्ट्रमा रहेका नेपालीहरूलाई उनले धन्यवाद थिए । कोभिडजस्तो प्राणघातक रोगसँग जुध्न एकीकृत कार्यदिशा, कानुन चाहिएकाले अध्यादेश र प्रधानमन्त्रीको मातहतमा निर्देशक समिति बनाइएको, २४ घण्टा नै घट्न संयन्त्र बनाइएको, वीरलाई युनिफाइड कोभिड अस्पताल बनाइएको र आवश्यक पर्दा जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने कानुन बनाइएको उनको भनाइ थियो ।

कोभिड सुरु भएयता ३३७ भेन्टिलेटरबाट बढाएर ९०४ पुर्‍याएको उनले बताए ।

सम्बन्धित समाचार

Comments