२०७८ श्रावण ११ गते, सोमबार १०:०१

भारतमा भेटियो डेल्टाको नयाँ रुप, वैज्ञानिक भन्छन्– ‘अत्यधिक खतरनाक’

२०७८ जेष्ठ ३१ गते, सोमबार ०७:१७

फास्टेस्ट न्युज नेपाल

काठमान्डू, जेष्ठ ,३१ – नयाँ दिल्ली– भारतमा कोभिड–१९ को संक्रामक भेरियन्ट डेल्टाको नयाँ स्वरुप फेला परेको छ ।

यसलाई AY.1 अथवा डेल्टा प्लस नाम दिएइको छ ।
यसलाई डेल्टाभन्दा पनि धेरै संक्रामक भएका बताइन्छ ।

यो भेरियन्टले मोनो क्लोनल एन्टीबडी ककटेल औषधि, जसलाई कोरोनाविरुद्ध एउटा प्रभावकारी औषधि मानिन्छ, त्यसको प्रभाव कम गर्न सक्ने विशेषज्ञहरुको भनाइ छ ।

भारतमा पहिलो पटक दर्ता भएको डेल्टा भेरियन्ट मानिसका लागि विनाशकारी प्रमाणित भएको छ ।

डेल्टा भेरियन्टले एकपटक पुन: जेनेटिक म्यूटेशन गरेपछि AY.1 अथवा डेल्टा प्लस नामक म्यूटेन्टमा स्वंयलाई परिवर्तन गरेको छ ।

विशेषज्ञका अनुसार AY.1 अथवा डेल्टा प्लस नामक भेरियन्ट मोनो क्लोनल एन्टीबडि ककटेल औषधिको प्रभावलाई कम गरेर कोरोना भाइरसबाट संक्रमित मानिसका लागि अझ बढि खतरनाक प्रमाणित हुन सक्छ ।

बेलायती सरकारको स्वास्थ्य तथा सामाजिक रेखदेख विभागको एक कार्यकारी एजेन्सी पब्लिक हेल्थ इङ्ल्याण्डका अनुसार ग्लोबल साइन्स इनिशिएटिभमा अहिलेसम्म नयाँ K417N म्यूटेशनसंग डेल्टाको ६३ जीनोमको पहिचान गरियो ।

भर्खरको ताजा रिपोर्ट अनुसार भारतमा गत जून ७ सम्म डेल्टा प्लसका ६ जना संक्रमित भेटिएका छन् ।

दिल्लीको इन्स्टिच्यूट अफ जीनोमिक्स एण्ड इन्टीग्रेटिभ बायोलनेजीका चिकित्सक र कम्प्यूटेशनल बायोलनेजिस्ट डा.विनोद स्कारियाका अनुसार K417N को बारेमा सबैभन्दा महत्वपूर्ण कुरा के छ भने म्यूटेन्ट मोनोक्लोनले एन्टीबडी क्यासीरीभिम्याब र इम्डेभिम्याबलाई पनि प्रभावहीन गर्न सक्छ ।

सेन्ट्रल ड्रग स्ट्याडर्ड कन्ट्रोल अर्गनाइजेशनको आदेशअनुसार भारतमा कोभिड-१९ को उपचारमा उक्त ककटेललाई आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त भएको छ ।

अहिले देखिएको भेरियन्टमध्ये डेल्टा प्लसलाई K417N म्यूटेशनद्वारा प्राप्त गरिएको स्कारियाले ट्वीट गरेर बताएका थिए ।

K417N म्यूटेसन रिसेप्टर बाएडिङ डोमेन र इम्यून एस्कपसंग जोडिएको छ अर्थात मानव शरीरको प्रतिरोधक क्षमताबाट बच्न सक्षम छ ।

भारतमा K417N म्यूटेशनको भेरियन्टको फ्रीक्वेन्सी धेरै कम छ ।

डाक्टर स्कारियाले नयाँ म्यूटेन्टको नाम डेल्टा प्लस राख्दै लेख्छन् –‘जसै नयाँ म्यूटेशन्स हुन्छ, डेल्टा विकसित भइरहन्छ र यसलाई बुझ्न चुनौतीपूर्ण हुन्छ ।’

पब्लिक हेल्थ इङ्ल्याण्डको रिपोर्टका अनुसार डेल्टा AY.1 संस्करण डेल्टामा हुने परिवर्तनको नियमित स्क्यानिङको माधयमबाट पाइएको थियो ।

उक्त रिपोर्ट अनुसार धेरै कम संख्यामा ज्ञात सिक्वेन्सहरुले स्पाइक प्रोटीन म्यूटेशन K417N प्राप्त गऱ्यो ।

वैज्ञानिकले यस किसिमको सबैभन्दा पुरानो सिक्वेन्सिङको श्रेय मार्चको अन्त्यमा यूरोपलाई दिएको थियो ।

यूरोप, एशिया र अमेरिकाको १२७ सिक्वेन्स अहिले पब्लिक डोमेनमा समावेश भएको स्कारिया बताउँछन् ।

संसारभरी समावेश धेरै जिनोम AY.1 अथवा बी.१.६१७.२.१ परिवारको अंग भएको पनि स्कारिया बताउँछन् ।

 

एजेन्सीको सहयोगमा

Comments