२०७८ श्रावण ११ गते, सोमबार १०:११

सुदूर पश्चिममा पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पाँच जनालाई मुख्यमन्त्रीको अफर दिएको खुलासा

२०७८ असार १ गते, मंगलवार ०४:२९

फास्टेस्ट न्युज नेपाल

काठमान्डू, अषाढ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जनालाई मुख्यमन्त्रीको अफर गरेको खुलेको छ । ओलीले अहिले सुदूर पश्चिममा संसदीय दलका नेता तथा मन्त्री प्रकाशबहादुर शाह,दीर्घबहादुर सोडारी र तारा लामा तामाङवीच विवाद गराएर फुटाउने प्रयास थाल्नुभएको थियो ।

त्यही अविश्वासले लामालाई प्रमुख सचेतकबाट हात धुवाउने अवस्था मात्र बनेन मन्त्रीसमेत नबन्ने अवस्था सृजना भयो । शाह र सोडारीबीच पनि नजानिदो ढंगले मनमुटाव बढ्यो ।

तर मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा शाह,सोडारी र तामाङवीचको मनमुटाव हटेको थियो । यसको एउटै कारण हो-ओलीले तीनै जनालाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर फुटाउन खोजेको रहस्य उद्घाटन । संयोगले शाह र सोडारीसंगै हुँदा ओलीको फरक फरक समयमा फोन गयो-तपाईं अबको मुख्यमन्त्री हो तर अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत लिन नसक्ने वातावरण बनाउनुस् ।

ओलीले शाहसंगको फोनवार्तामा सोडारी र तामाङलाई अनि सोडरीसंग कुरा हुँदा शाह र तामाङलाई अनि तामाङसंग शाह र सोडारीलाई चर्को गाली गरेर एकापसमा लडाउने खेल खेलिरहेको थाहा पाएपछि शाह र सोडारीसंग ठूलै दूरी बनाएर ओली क्याम्पमा पुगेको अनुमान गरिएका तामाङले अप्रत्यासितरुपमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए । शाह र सोडारी मन्त्री नै भएकोले ती त विश्वासको मत दिन तयार नै थिए । तर ओलीले मुख्यमन्त्री भइहालिन्छ कि भन्ने भ्रमको बीउ रोपिदिनुभयो ।

ओलीले कोसित के भन्नुभयो भन्ने भेद खुल्दै गएपछि तीनै नेता एक ठाउँमा उभिए जसले गर्दा जेठ २५ गते २४ एमालेमध्ये १७ को मत माओवादी मुख्यमन्त्रीलाई गयो । ओलीको प्रयासमा एमालेका सात जना मात्र विपक्षमा मतदान गर्न सहमत भए । तीनै नेता एमालेको नेपाल –खनाल समूह निकटका हुन् ।
यसरी तीन जनालाई लडाउन असफल भएपछि अहिले ओलीले सरकारलाई नीति,नियमअनुसार सहयोग गरिरहेका सभामुख अर्जुन थापालाई मुख्यमन्त्री बनाउने भन्न थाल्नुभएको चर्चा छ । त्यहीअनुसार सभामुखसित आफै र विभिन्न माध्यमबाट कुरा पुर्याइएको स्रोत भनाइ छ । ओलीको खास चाहना पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने हो । तर एक जना पनि सहयोगी प्रदेश सभामा नरहेका पठान दलको नेता बन्न मुस्किल छ ।

पठानका लागि केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावल तयार नहुने तर थापाका लागि सकरात्मक हुने चर्चा पनि ओली पक्षले चलाइरहेको छ । सभामुख थापा रावल निकट त छन् नै ओली समूहका कर्णबहादुर थापासंग पनि समदूरीमा रहेको चर्चा चलाइएको छ ।

जतिसुकै चर्चा चलाइए पनि एमालेको मुख्यमन्त्री बनाउन कठिनाइ छ । ओलीको चाहनाअनुसार माओवादी र कांग्रेसले सहयोग गर्न नमान्ने भएकोले एमालेको मुख्यमन्त्री बन्न कठिनाई हुने भएको हो ।

मुख्यमन्त्री बन्न अहिलेको ५२ सदस्यीय प्रदेश सभाका २७ जनाको समर्थन चाहिन्छ । त्यसका लागि एउटा बाटो सभामुखले राजिनामा गरेर राजपाको साथ चाहिन्छ तर सभामुख छोड्दा कति गाह्रो हुन्छ त्यो पनि एमालेहरुले बुझेका छन् ।

सभामुख पद छोड्दा एमालेसित २५ मत हुन्छन् त्यसैमा राजपाका दुई थपिए सजिलै सरकार बन्छ । राजपाका दुई जना महन्त –राजेन्द्र समूहका हुन् । तर एमाले र राजपाको सरकार बन्नका लागि प्रधानमन्त्री ओली र नेता रावल साख्खै दाजुभाइ भएर हिंड्नुपर्छ जुन असम्भव छ ।

जन आस्था बाट

 

 

सम्बन्धित समाचार

Comments