२०७८ कार्तिक ११ गते, बिहीबार १२:४३

कोभिड १९ महामारीको असर र स्वास्थ्यजन्यफोहरमैला व्यवस्थापन : एक चुनौती

२०७८ असार १ गते, मंगलवार ०६:४२

फास्टेस्ट न्युज नेपाल,

मुकेश ढुंगाना
असोसिएट प्रोफेसर,
काठमान्डू स्कुल अफ ल,

काठमान्डू, अषाढ यतिबेला कोभिड महामारीको असर नेपालमा मात्र नभएर विश्व समुदायमा नै परेको यसको प्रभावले कुनै जात, भूगोल, सार्वभौमिकता वा धनी गरीब भनेर छुट्टयाउने काम गरेन सिधा हेर्दा यसको मानव स्वास्थ्य वातावरणमा देखिएतापनि अप्रत्यक्ष रूपमा यसको असर सामाजिक, आर्थिक, राजनीतिक एवं मानव जीवनको दैनिक जीवनशैलीमा देखा पर्न थालेको यस अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षहरु सरोकारवालाहरु जस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्या संगठन लगायत अन्य सरकारी गैरसरकारी पक्षबाट भएका प्रयास प्रतिबद्दतालाई नजिकबाट हेर्न थालिएको कोभिड संक्रमणको व्यवस्थापनमा स्वास्थ्य संस्थाको भूमिका सेवा प्रदान गर्दा निस्कने फोहोरमैलाको व्यवस्थापन डरलाग्दो चुनौतीपूर्ण विषय बनेको कोभिड १९ को संक्रमणबाट सोको उपचारको क्रममा निस्किने फोहोर मैला अन्य घरायसी, औद्योगिक, कृषिजन्य लगायतका फोहोरमैला भन्दा निकै जोखिम खतरनाक फोहोरमैलाको रूपमा लिइन्छ यस्तो फोहोरमैलाको उचित विवेकपूर्ण व्यवस्थापन भएमा त्यसले थप संक्रमण फैलाउन सक्ने स्वास्थ्य सेवा प्रदान गर्ने अग्रपंक्तिमा रहेका सेवा प्रदायकहरुमा समेत जोखिम बढाउँ सक्ने वातावान लगायत मानव सम्प्रदायमा ठुलो असर पार्न सक्ने सम्भावना रहन्छ

हामीलाई थाहा कोभिड १९को संक्रमण संगसंगै स्वास्थ्यजन्य फोहोरमेलाको व्यवस्थापन दिनप्रतिदिन चुनौतिको विषयबन्दै गईरहेको सबैकालागि स्वास्थ्यका नारा सहित स्वास्थ्य सेवा प्रदान हुनुपर्ने भनिए तापनि अहिले स्वास्थ्य संस्थाबात निस्किने फोहोरमैला सो को व्यवस्थापन सम्बन्धमा विभिन्न किसिमका प्रश्नहरु उब्जन थालेका छन् स्वास्थ्य संस्थाबाट निस्किने यस्तो फोहोर फोहोरमैलाको उचित प्रबन्ध, व्यवस्थापन विसर्जन प्रक्रियाको सिधा सम्बन्ध मानवजीवन वातावरणसंग हुन्छ फोहोरमैलामा पनि स्वास्थ्यजन्य फोहोरमैला अति जोखिम हानीकारक वस्तुको कोटीमा पर्दछन् कुनै पनि वस्तुको उत्पादनदेखि नै फोहोरमैलालाई हटाउने उत्पादनपश्चात पनि फोहोरमैलालाई छुट्याउने, सुरक्षित तवरले राख्ने, विश्रामस्थल सम्म पुर्याउने विसर्जन गर्ने प्रक्रिया निकै महत्वपूर्ण हुन्छ फोहोरमैलाको उचित व्यवस्थापन हुँदा त्यसको सिधा असर मानवजीवनको स्वच्छ स्वास्थ्य जीवन जिउने अधिकार वातावरणमा पर्ने प्रत्यक्ष प्रभावसंग रहेको हुन्छ

कोभिड १९ को संक्रमण संगसंगै देखा परेका स्वास्थ्यजन्य जोखिम अन्तर्गत प्रयोगशालामा प्रयोग हुने रासायनिक तत्व, प्रयोग भईसकेका प्रयोग नभएका डिसइनफेकटेन्ट्स, मानव शरीरभित्र हुने दिशा, पिसाब, रगत वा अन्यपदार्थहरु, कल्चर, माइक्रोबायोलोजिकल वस्तु जस्तै पीपीइ को प्रयोग, बुट, पन्जा, मास्क, चस्मा, फेससिल्ड लगायत अन्य सामग्रीको गलत प्रयोग बाट हुन सक्ने जोखिमहरु, यसका अलावा संकमण फैलन सक्ने सिरिन्ज वा अन्य वस्तुहरु, समय अवधि सकिएका औषधी अन्य औषधीजन्य वस्तुहरुबाट पनि संकमण फैलन सक्ने खतरा हुन सक्छ

फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले स्वास्थ संस्थाजन्य फोहरमैलाको परिभाषा गरेको जसअनुसार स्वास्थ संस्थाजन्य फोहरमैला भन्नाले अस्पताल, क्लिनिक , फार्मेसी, औषधी पसल, ब्लड वैंक, प्याथोलोजिकल प्रयोगशाला, पशु स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन वा निष्काशन हुने फौहरमैलालाई समेटिएको उक्त ऐनले फोहरमैलाको व्यवस्थापन मापदण्ड अनुरुप हुनुपर्ने, फोहरमैलाको उत्पादन नै कम गर्ने, फोहरमैलाको पृथकीकरण, संकलन, ढुवानी, स्थानान्तरण, व्यवस्थापन फोहरमैलाको प्रयोग पुनःप्रयोगबारे उल्लेख गरेको ऐनले नीजि तथा सार्वजनिक साझेदारीमा फोहरमैलाको व्यवस्थापन अनुगमन गर्न सकिने स्वास्थ्य संस्थाले पनि फोहरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने बारे उल्लेख गरेको ऐनले कुनै पनि स्वास्थ्य संस्था स्थापना गर्नका लागि प्रचलित कानून बमोजिम अनुमति दिने निकायले त्यस्तो स्वास्थ्य संस्था स्थापना तथा संचालनको लागि अनुमति दिनु पूर्व फोहरमैला व्यवस्थापन सम्बन्धी उर्पयुक्त व्यवस्था गरे नगरेको यकिन गरी उर्पयुक्त व्यवस्था गरेको भएमा मात्र अनुमति दिनुपर्ने, त्यसरी अनुमति दिंदा स्वास्थ्य संस्थाले फोहरमैला व्यवस्थापन सम्बन्धमा पालना गर्नुपर्ने विशेष शर्त वा कायम गनुपर्ने मापदण्ड समेत तोकिदिन सक्नेछ

नेपालको संविधानले प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक नागरिक स्वतन्त्रताको ग्यारेन्टि गरेको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ स्वस्थ वातावरणमा बाँच्न पाउने वातावरणको ह्रास वा प्रदुषणबाट कसैलाई हानी नोक्सानी हुन नहुने उल्लेख यदि कसैले वातावरण प्रदुषण गरेमा प्रदुषकबाट पीडितले कानूनबमोजिम क्षतिपूर्ति पाउने हकको समेत व्यवस्था गरेको धारा ४४ मा उपभोक्ताको हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ गुणस्तरीय सेवा वा वस्तुबाट क्षतिपुगेको व्यक्तिलाई कानूनबमोजिम क्षतिपूर्तिको हक हुनेछ भनी मौलिक हक अधिकारको रुपमा सुनिश्चित गरेको मुलुकी अपराध संहिता, २०७४ मा कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसीमको संक्रामक रोग फैलाउने वा फैलिन सक्ने काम गर्न नहुने कसैले संक्रामक रोग फैलाउने कार्य गरेमा सजाय हुने व्यवस्था गरेको सोही संहितामा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पुर्याउने गरी कसैले फोहरमैलाको उत्पादन, प्रशोधन, प्रसारण, निष्काशन, उत्सर्जन, ओसारपसार गर्न वा थुपार्न नहुने कसैले सर्वसाधरणको स्वास्थमा हानी पुर्याउने गरी वा जीउज्यानको खतरा हुने गरी प्रदुषण गर्न वा अधिकार प्राप्तअधिकारीको इजाजत बिना वातातरण प्रदुषण गर्न नहुने त्यस्तो कार्य दण्डनीय हुने उल्लेख

नेपाल सरकारले सोको व्यवस्थापनको लागि विभिन्न कमिटिहरु गठन गर्नुको साथै विभिन्न किसीमको मापदण्ड निर्देशिका जारी गरेको जस अन्तर्गत होम आइसोलेसनमा बस्ने संक्रमितहरु लाई आइसोलेसन किटको व्यवस्था, अक्सिजनको प्रयोग, आवश्यकता सोको व्यवस्थापन, शव वाहन सेवा संचालन व्यवस्थापन, मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन अन्य जनस्वास्थ्यका मापदण्डहरु रहेका छन् तर मापदण्ड निर्देशिकामा उल्लेख गरिए अनुसारको सुविधा सहुलियत भने व्यवहारमा पूर्ण रुपमा बदल्न सकिएको छैन यदि सम्बन्धित निकायको ध्यान समयमै यतातिर जान सकेन भने भविष्यमा अझ ठूलो दुर्घटना वा संकट नआउला भन्न सकिन्न तसर्थ समयमै नेपाल सरकार सम्बन्धित निकायले समस्त स्वास्थ्य सेवा सोको प्रयोगमा हुने स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापनमा रणनीतिक भूमिका निर्वाह गर्न जरुरी क्वारेन्टाईन व्यवस्थापन, जोखिम न्यूनीकरणमा समुदायको भूमिका सुरक्षा, संक्रमितहरुको यकिन गर्ने संक्रमितहरुको नजिक रहेकाहरु को पहिचान, मुख्य नाका प्रवेश स्थलमा अनुगमन सुपरिवेक्षण आपतकालीन व्यवस्थापनमा विशेष टोलीको व्यवस्थापन जस्ता विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ

यसको अलावा स्वास्थ्यजन्य संस्था वा रिसर्च सेन्टरहरु बाट प्रवाह गरिने स्वास्थ्य सेवाप्रदायकहरु स्वास्थ्य भएका वस्तु वा उपकरणको प्रयोगमा निकै सुरक्षित चनाखो हुनुपर्छ तसर्थ अस्पतालभित्र वा स्वास्थ्य संस्थाभित्रको विभिन्न विभागहरु जस्तै प्रयोगशाला, प्याथोलोजी, अपरेशन लयागतका ठाउँहरु सुरक्षित राख्नुका साथै सेवा दिंदा प्रयोग हुने, निष्काशन हुने फोहरमैलाको व्यवस्थापनमा संवेदनशील सुरक्षित हुनु पर्दछ यसका लागि आवश्यक पर्ने आन्तरिक जानकारी मानव श्रोत साधनको परिचालन प्रतिबद्धता हुनु पर्दछ हामीले भनी सक्यौ कि यसको सम्बन्ध  सिधा मानव जीवन वातावरण सँग हुने भएकोले मानवताको संरक्षण मानव स्वास्थको लागि यो अनिवार्य शर्त भएको यसका साथसाथै विभिन्न मुलूकहरुसँगको साझेदारी समन्वय, निरिक्षण, अनुगमन सोको यथार्थ चित्रण, अनुसन्धान, बजेट व्यवस्थापन श्रोत साधनको अधिकतम प्रयोग गरी मानव जीवनको रक्षागर्नु नै आजको आवश्यकता हो

तसर्थ नेपाल सरकारले कोभिड १९ यसको संक्रमणलाई न्यूनीकरण नियन्त्रण गर्न बहु निकाय समन्वय, प्रतिकारात्मक उपचारात्मक सेवाप्रवाहको लागि सहजीकरण, आवश्यक औषधी तथा सामाग्रीको उचित व्यवस्थापन, अनुगमन सुपरिवेक्षणमा विशेष ध्यान दिनु जरुरी यसको अलावा संविधानमा भएको स्वास्थ्य सम्बन्धी मौलिक हक अधिकारको संरक्षण, प्राकृतिक प्रकोप न्यूनीकरण व्यवस्थापन सम्बन्धी ऐनमा भएको स्वास्थ्यको हक, सार्वजनिक स्वास्थ्य सम्बन्धी सेवा सम्बन्धी अधिकार, फोहरमैलाको व्यवस्थापन संहितामा भएको स्वास्थ्य सम्बन्धी हकलाई एकीकृत रुपमा हेरिनु पर्दछ नेपाल सरकार पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु जस्तै संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी घोषणापत्र, आर्थिक सामाजिक सांस्कृतिक अधिकार सम्बन्धी महासन्धि जस अन्तर्गत प्रत्येक राज्यले स्वास्थ्य सम्बन्धी हकको प्रत्याभूतिका लागि निर्वाह गर्नुपर्ने दायित्व, प्राविधिक, आर्थिक एवं वैज्ञानिक ज्ञानको अन्तराष्ट्रिय सहयोग समन्वय, श्रोत साधनको अधिकतम परिचालन लगायतका दायित्वहरु निर्वाह गर्नु पर्नेछ विश्व स्वास्थ संगठन लगायत अन्तर्राष्ट्रिय मौद्रिक कोष, विश्व बैक, एशियाली विकास बैंक लगायतले आफनो अधिकारक्षेत्र उदेश्यभित्र रही अन्य संगठन, सरकारी एवं गैरसरकारी संस्थाहरु संग गर्ने सहकार्य लाई विशेष रुपमा हेरिएको

 

 

Comments