२०७८ श्रावण ११ गते, सोमबार १०:३१

कविता : मेराे एउटा साथी छ !

२०७८ असार २ गते, बुधबार ०९:१८

फास्टेस्ट न्युज नेपाल
खेम बतास
धनगढी , अषाढ – २

हजुरहरु देखि अलिपर
मेराे सर्टकाे गाेजिभन्दा धेरैभित्र
केही नभएर पनि सबथाेक भएजस्ताे लाग्ने
मेराे एउटा साथी छ ।

नारायण गाेपालकाे कालझैँ गीतजस्ताे
माेवाईलमा राखेर प्रेमिल रिङ्टाेन
फाेनै उठाउन बिर्सिएर
रिङ्टाेन नै गुनगुनाएर बस्न सक्ने,

भुँईचालाेले धर्ति थर्किए जस्ताे
माेवाईल भाईब्रेट हुँदा पनि
अाफ्नै मुटुकाे चाल छामी बस्ने
कहिल्यै मसँग नबाेल्ने तर घण्टाैँ बात मारिरहने
मेराे एउटा साथि छ।

बासी पैतलाका डाेबभन्दा फरक
जन्मजात पाएकाे पेवाभन्दा माथि
लिखापानी हिडेकी जयमायाभन्दा निर्भिक
अभूतपूर्व स्वतन्त्रताको यात्रामा निस्केकाे
मेराे एउटा साथि छ ।

उसकाे झाेलामा थुप्रै सामानहरु छन् ।
तर, किन राखेन हाेला? नङ पाेलिसकाे सिसि र फेएर लब्लीकाे प्याकेट
किन राखेन हाेला? आई ब्राे र लिबिस्टिककाे बट्टा
कसरी एकाएक गायब भए? गाँजल, सिन्दुर र मङ्गलसुत्र
कुनै सामान छैन उसकाे झाेलामा
भरिएकाे झाेला पनि रित्ताे रित्ताे लाग्ने
खसेकी पारिजातकाे जिवित सकमबरी जस्तै
मेराे एउटा साथी छ ।

कहिले काहीँ साेच्छु
अझै जन्मीउन् फुलनदेवीहरु
जन्मिउन् क्लारा जेटकिन र बेनिजिर भुट्टाेहरु
सधै जसाे ऐनामा हेरेर आफ्नो अनुहार
भन्छु,
मेराे एउटा साथी छ ।

Comments