२०७८ कार्तिक ११ गते, बिहीबार ०१:५३

शिक्षाको अभाव मन्त्रीदेखि जनतासम्म!

२०७८ असार ५ गते, शनिबार ०६:४३

फास्टेस्ट न्युज नेपाल, अषाढ – ५ जनकपुर- यतिका दिन बित्दै जाँदा पनि कोभिड१९ मा पुर्णबिराम नलागेको र विस्तार रुपमा फैलिरहेको एउटा मुख्य कारण अन्धविश्वास पनि हो। अगिलो वर्ष १०७७ सालमा कोभिड१९को पहिलो लहरले विभिन्न देशका जनताहरु जन्म र मृत्युको बिच जुधिरहेका देखियो। त्यस दुखद परिस्थितिमा हाम्रा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ज्युले आदेश दिनुभएको थियो कि सबै जनताहरु संग विनम्र अनुरोध छ, आईतबारका दिन राति ९ बजे, ९ मिनेटका लागि सबैले आ-आफ्ना घरमा बत्ती बालेर थाल बजाइ कोभिड भगाउ अभियान ताकि त्यो दियोको प्रकाशले कोभिड१९ समाप्त होस्। प्रधानमन्त्री जस्ता उत्कृष्ट ठाउँ हासिल गरेको ब्यक्तिले अन्धविश्वासको चपेटामा आएर समस्त देशको हितका लागी यस्ता फैसला लिनु के उचित हो? नेपालमै पनि धेरै मन्दिरहरूमा पुजा पाठ गरिए, त्यो पुजा पाठमा लाखौं खर्च भएको हामीले नमन गर्न सक्छौं नैं। त्यो लाखौं पैंसाले गरिबहरुलाई मास्क र स्यानिटाइजर वितरण गरिएको भए, महामारीलाई फैलिनुबाट रोकन सकिन्थ्यो कि? यदि त्यो पैसाको सदुपयोग गरेर स्वास्थ्य सेवामा लगाएको भए महामारी थाम्न सकिन्थ्यो कि? गरिबहरुका आवाज यति सम्म थिए कि “ कोभिडले कहिले हो कहिले त्यो भनदा अघि गरिबिले मरिन्छ” ।


तसर्थ, हामीले बुझ्न सक्छौ कि मानिसहरु कोभिड रोग भन्दा पनि बढी भोक भन्ने रोगको उत्पिडन सहेर बसिरहेका छन्। यदि नेपाल सरकारले अनावश्यक खर्च नगरी त्यस्ता गरिबहरुका लागि खानपानका व्यवस्था मिलाइएको भए । उनिहरु सरकारका विरुद्ध लक्डाउनमा पनि बाहिर देखिन्न थियो होला। जसले गर्दा सामाजिक दुरी कायम गर्न सफल भई, महामारीलाई कम गर्न सकिन्थ्यो होला। नेपालका संविधान २०७४ सालको धारा १८को उपधारा १ मा प्रस्ट संग उल्लेख गरिएको छ “ सबै नागरिक कानुन को दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वन्चित गरिने छैन” । भने कोभिड भ्याक्सिन वितरण गर्दा खोईत समानता? कतै देखिएन सरकार। सरकार भनेको जनताहरुका लागि आमा बाबु जस्तो हो , आमा बाबु आफु नखाई आफ्नो छोराछोरीको आवश्यक पुरा गर्छन्। नेपाल सरकार त्यस्तो जिमेबार देखिएन। नेपालको संविधान २०७४ धारा ६५को स्वास्थ्य सम्बन्धी हक जनताहरुले पाएका छैनन्। धारा ३७को आवासको हक जनताहरुले पाएका छैनन्, पानि परेको वेला पनि सुकुम्बासीहरू त्रीपाल बसोबास गरिरहेका छन्, खोईत नेपाल सरकारका कर्तव्य देखिएन्।


नेपालका दुर्गम क्षेत्र, गाउँपालिकामा अझ पनि शिक्षाको अभाव अत्यन्त नै देखिएको छ। मानिसहरु कोभिडकस अर्थ बुझेका रैनछ। उनिहरुका भनाई अनुसार , कोभिड देउताको प्रकोप हो । जुनकि पापीहरुलाई नष्ट पार्न आएको छ। हामी जस्ता भगवानको भक्तहरूलाई लागदैन, मास्कको प्रयोग गर्ने बेलामा भगवानको नाम लिई बसेका छन्। त्यस्ता व्यक्तिहरुका लागि सरकारले कोभिडबारे जानकारी दिने कार्यक्रमहरु आयोजना गरिएको भए महामारी कह हुन्थयो कि? नेपालका संविधान २०७४सालको धारा ३१को उपधारा १ र २ मा प्रस्ट संग उल्लेख गरिएको छ कि “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ”। खोई त शिक्षा! यो हकहरु , के संविधान पुस्तकलाई मोटो बनाउने मात्र उदेश्यले यस्ता हकहरु उल्लेख गरिएको हो । यदि साचिकै जनताका लागि हो भने खोई त शिक्षा, समानता, आवास, स्वास्थ्य।

– Ragini Thakur Kathmandu School Of Law B.A.LLB 1st Year.

Comments