२०७८ श्रावण ११ गते, सोमबार १०:२०

निषेधाज्ञाका कारण बागमति प्रदेशका ७५ प्रतिशत उद्योग बन्द!

२०७८ असार ५ गते, शनिबार ०७:४६

फास्टेस्ट न्युज नेपाल, अषाढ – ५ काठमान्डू , विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बागमति प्रदेशमा ७५ प्रतिशत उद्योग बन्द छन् । बैशाख तेस्रो सातादेखि निषेधाज्ञा भएसँगै कच्चा पदार्थको अभाव हुँदा यहाँका उद्योग पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेका हुन् । अघिल्लो वर्ष कोभिडका कारण प्रभावित भएका २० प्रतिशत उद्योग सञ्चालनमा आउन सकेका छैनन् । ती उद्योग सञ्चालनमा आउन नसक्दै कोरोनोको दोस्रो भेरियन्ट सुरु हुँदा उद्योग व्यवसाय प्रभावित हुन पुगेको छ ।

अहिले सबै भन्दा बढी निषेधाज्ञाको प्रभाब पर्यटन, निर्माण जन्य, खाद्यान्न उद्योगहरुमा परेको छ । असर नपुगेको भनिएको औषधि उद्योगहरु समेत प्रभावित बनेका छन् । यता चितवनमा मात्रै २५ करोड बढी लगानीका एक दर्जन, १० करोड बढी लगानीका १०० भन्दा बढी, ५ करोड बढी लगानीका झण्डै २०० वटा उद्योगहरु रहेका छन् ।त्यसमध्ये कोरोना महामारी र निषेधाज्ञाका कारण झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । अघिल्लो लकडाउनमा ११ प्रतिशत उद्योग सदैको लागि बन्द भएको चितवन उद्योग संघको भनाइ छ ।

निरन्तर असजह परिस्थिति बन्दै जाँदा उद्योगहरु धारासाही अवस्थामा पुगेका हुन् । अहिले राम्रो चलेका उद्योग सहज परिस्थितिको समयलाई मूल्याङ्कन गर्दा ६० प्रतिशत मात्र छन् । कोरानाको मारमा परेका समयमा उद्योगहरुलाई सरकारले कुन तरिकाले सम्बोधन गर्ला ? भन्ने प्रश्न ब्यवसायीमा छ ।चितवमा पोल्ट्री, होटल, उत्पादन मुलक क्षेत्रलगायतका उद्योगमा २० अर्ब भन्दा बढी लगानी रहेको छ । लकडाउनका कारण चितवनका उद्योगमा काम गर्ने झण्डै ३० हजार कर्मचारीहरुले रोजगार गुमाएका छन् ।

सम्बन्धित समाचार

Comments