२०७८ श्रावण ११ गते, सोमबार ०९:२०

यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु ३३ घाइते

२०७८ असार २० गते, आईतवार ०२:४८

फास्टेस्ट न्युज नेपाल, अषाढ – २० – यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता र ३९ जना घाइते भएका छन् ।

आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन् । बाढी पहिरोमा परेका २ सय ७८ जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको उनको भनाई छ ।

यस्तै विभिन्न जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको, १ सय १२ घरमा आंशिक क्षति र ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको मन्त्री पौडेलले जानकारी गराए ।

Comments