२०७८ कार्तिक ११ गते, बिहीबार ०२:३६

रोट्रयाक्ट क्लब अफ धरान घोपाले जीवनशैली कार्यक्रमको तेस्रो शृङ्खला सन्चालन गर्दै

२०७८ असार २५ गते, शुक्रबार ११:२२

फास्टेस्ट न्युज नेपाल, अषाढ – २५ – अहिलेको कठिन समयमा नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल जान गाह्रो हुने हुँदा दीर्घरोगीहरुले रोग नियन्त्रण गर्नलाई आफ्नो जीवनशैलीमा ध्यान दिन जरुरी छ । यही कुरालाई मध्यनजर गर्दै दीर्घरोगीहरुले के कस्ता कुराहरुमा ध्यान दिनु पर्छ त भन्ने कुराको जनचेतना फैलाउन रोट्रयाक्ट क्लब अफ धरान घोपाले जीवनशैली टल्क शो कार्यक्रम सोचाइ – सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स को सहकार्यमा भर्चुअल रुपमा सन्चालन गर्दै आएको छ । सोही अनुसार असार २६ गते शनिबार अनलाइन मार्फत जीवनशैली टल्क शो को तेस्रो शृङ्खला सम्पन्न हुन गइरहेको छ ।

हरेक शृङ्खलामा नयाँ नयाँ विषयवस्तुका साथ प्रस्तुत गरिने यस जीवनशैली टल्क शो कार्यक्रममा यो शृङ्खलाको लागि विषय “PCOD/PCOS” पॉलिसिस्टिक ओवरी डिजीज र पॉली सिस्टिक ओवरी सिंड्रोम रहेको छ । यस रोगमा सामान्यतया प्रजनन उमेरका महिलाहरूमा हार्मोनल असंतुलन र अण्डोनीमा एक भन्दा बढी सिस्ट देखा पर्छ।

यस रोगको नियन्त्रण तथा रोकथाम सम्बन्धमा छलफल गर्नका लागि रोट्रयाक्ट क्लब अफ धरान घोपाको तर्फबाट मोडेरेटरको भूमिकामा डा अनुज तुम्बाहाम्फे तथा प्रमुख वक्ताका रुपमा बि. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा प्रसूति विज्ञान तथा स्त्री रोग विज्ञान विभागमा कार्यरत डा. पृथा बस्नेत र क्लिनिकल पोषण विशेषज्ञ पंकज कोईराला रहनुहुनेछ।

गुगल मिटमा सञ्चालन गरिने यस कार्यक्रमलाई रोट्रयाक्ट क्लब अफ धरान घोपाको फेसबुक पेज साथसाथै यस कार्यक्रमको मेडिया पार्टनर रहेको फास्टेस्ट न्युज नेपाल को फेसबुक पेज मार्फत समेत लाइभ प्रसारण गरिनेछ । PCOD/PCOS लाई कसरी नियन्त्रण गर्न सकिन्छ, के कस्ता कुराहरुमा ध्यान दिन जरुरी छ – यिनै विषयवस्तुमा जानकारी लिनको लागि जोकोही रोट्रयाक्ट क्लब अफ धरान घोपासँग जोडिन सक्नुहुनेछ ।

“स्वास्थ्य भन्दा ठूलो धन अरु केही छैन त्यसैले, स्वस्थ जीवनशैली अपनाऔँ र स्वस्थ बनौँ” भन्ने उद्देश्यले यश कार्यक्रमको परिकल्पना गरिएको थियो र तेस्रो शृङ्खलाको सफलताले यस कार्यक्रमलाई थप अगाडि बढाउन सहयोग गर्नेछ ।

Comments