२०७८ श्रावण ११ गते, सोमबार १०:५४

रोट्रयाक्ट क्लव अफ धरान घोपाद्वरा जीवनसैली को तेस्रो एपिसोड सम्पन्न

२०७८ असार २८ गते, सोमबार ०७:३५

फास्टेस्ट न्युज नेपाल, अषाढ – २८ – धरान – रोट्रयाक्ट क्लब अफ धरान घोपाले “सोचाइ- युथ फोर न्युट्रिसन” नामक संस्थासँग संयुक्त रुपमा असार २६ गते शनिबार महिला स्वास्थ्यसँग सम्बन्धित रोग PCOD/PCOS बारे जनचेतनामूलक “जीवनशैली” टल्क शो कार्यक्रमको तेस्रो भाग “लिव राईट साईन ब्राईट”को मुख्य नारा सहित सम्पन्न गरेको छ ।

“PCOD/PCOS” वा पॉलिसिस्टिक ओवरी डिजीज र पॉली सिस्टिक ओवरी सिंड्रोमको समस्या महिलाहरुमा देखापर्ने दीर्घकालीन चिन्ताको विषय रहेको छ तर यो बारे आवश्यक जनचेतना फैलिएको छैन। त्यसैले यस रोग र यसको रोकथामकोबारेमा जनचेतना फैलाउने, यससँग सम्बन्धित सबै शंका र भ्रमहरु हटाउने र साथसाथै महिला स्वास्थ्यको रणनीतिहरु बारे प्रचारप्रसार गर्ने मुख्य उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।

गुगल मिट ऐप्पबाट संचालन गरिएको यस टल्क शो कार्यक्रममा करिब ७५ जना भन्दा बढीको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेक‍ो थिय‍ो । दिउँसो १ बजेबाट ३ बजे सम्म चलेको यस टल्क शोमा बि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा प्रसूति विज्ञान तथा स्त्री रोग विज्ञान विभागमा कार्यरत डा. पृथा बस्नेत र क्लिनिकल पोषण विशेषज्ञ पंकज कोईराला प्रमुख वक्ताको रुपमा उपस्थित हुनुहुन्थ्यो भने रोट्रयाक्टर डा अनुज तुम्बाहाम्फेले मध्यस्थकर्ताको भूमिका निभाउनु भयो।

रोट्रयाक्टर ऋितिक राज पासवन र क्रिष्टिना नेपालको स्वागत मन्तव्यबाट सुरुवात भएको टल्क शोलाई मध्यस्थकर्ता रोट्रयाक्टर अनुज तुम्बाहाम्फेले निरन्तरता दिदै संचालन गरे । पहिलो वक्ता डाक्टर पृथा बस्नेतले PCOD/PCOSको परिचय दिदै यसको कारण, व्यापकता, जोखिम कारक, लक्षण, जटिलताहरुका साथसाथै यसको रोकथाम र नियन्त्रणको प्रक्रियाबारे सबैलाई महत्त्वपूर्ण जानकारी दिए । यसैगरी पोषण विशेषज्ञ रहेका दोस्रो वक्ता पंकज कोईरालाले कस्तो पोषणयुक्त खानाहरुलाई सबै बिरामीहरुले आफ्नो खानपिनमा अपनाउने र कस्तो जीवनशैलीले यो रोगको रोकथाममा सहयोग गर्छ भन्ने शिर्षकमा सबैलाई सचेत पारे । यस टल्क शो दुई भागमा संचालन गरिएको थियो जसमध्ये पहिलो भागमा वक्ताहरुले सबैलाई रोग सम्बन्धि जनचेतना र रोकथामको उपायबारे सचेत पारे भने दोस्रो भागमा सहभागीहरुको जिज्ञासालाई समाधान गरिएको थियो । अन्तयमा रोट्रयाक्ट क्लब अफ धरान घोपाका अध्यक्ष रो. रिवाज अधिकारी तथा उपाध्यक्ष रोट्रयाक्टर नेहा सरकारले आफ्नो मन्तव्यका साथ सबै सहभागीलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरे ।

यसरी यस कार्यक्रमबाट धेरै बिरामीले PCOD/PCOS तथा यसको रोकथाम र नियन्त्रण बारे महत्त्वपूर्ण जानकारी पाए र सहभागी भएका सबै बिरामीहरु लाभान्वित भए। यसरी नै “जीवनशैली”को पहिलो र दोस्रो भाग जस्तै तेस्रो भागले पनि जनमानसमा रोगहरुबारे जनेचेतना फैलाएको छ र धेरै बिरामीहरुको जीवनमा सकारात्मक असर परेको छ ।

सम्बन्धित समाचार

Comments