२०७८ कार्तिक ११ गते, बिहीबार ०१:५७

झण्डै ६ सय वर्ष अघि श्री विल्वमंगलाचार्यद्वारा संस्कृतमा रचित गोविन्द दामोदर नामक स्तोत्रको नेपाली भावानुवाद

२०७८ भाद्र १४ गते, सोमबार ०१:४१

फास्टेस्ट न्युज नेपाल, भाद्र – १४ – कैलाली देवराज जाेशी – प्रेम र ज्ञानका महासिन्धु श्रीकृष्णको परम पावन जन्म दिन जन्माष्टमीको उपलक्षमा सबैमा हार्दिक शुभकामनाका साथ यो भावपुष्प अर्पण । समस्त संसार श्रीकृष्ण प्रेममा डुबोस् ।

जय श्री कृष्णझण्डै ६ सय वर्ष अघि श्री विल्वमंगलाचार्यद्वारा संस्कृतमा रचित गोविन्द दामोदर नामक स्तोत्रको नेपाली भावानुवादश्री कृष्ण चरणमा समर्पित सघन भाव पुष्पान्जली

कौरव र पाण्डवहरुको सभामा दुशासनैले बस्र तान्दै गर्दाविवश ती कृष्णा अति रोई भन्छिन् गोविन्द दामोदर माधव हे

श्री कृष्ण,बिष्णो मधुकैटभारेभक्तका रक्षक भगवान मुरारेरक्षा मलाई गर लोकनाथगोविन्द दामोदर माधव हे

दही बेच्न जांदा सब गोप कन्याश्री कृष्ण प्रेममा मन चित्त भुली”दही लेऊ” नभनेर भन्छन् कराउंदैगोविन्द दामोदर माधव हे

धान कुट्न हालीकन ओखलैमामुसल उचाल्दै र अनि थचार्दैश्री कृष्ण प्रेममा मुग्ध गोपी गाउँछन्गोविन्द दामोदर माधव हे

कमलका पात जस्ता आंखा भएकी गोपी सुगा एक राखेर हातमाप्रेमले सिकाउँछिन्, हे पक्षी भन लौ,गोविन्द दामोदर माधव हे

ब्रजमा रहेकी सब गोप बालापाल्तु सुगाका नजदीक आईसुगाकै नक्कल गरी बोल भन्छन्गोविन्द दामोदर माधव हे

गोपाङ्गना सब निज शीशुबालसुतेका झुलामा निदाउन् भनेरहल्लाई झूला प्रेम साथ गाउंछन्गोविन्द दामोदर माधव हे

हातमा लिएर नवनीत गोललुकाछीपि खेल्ने कृष्णनेर आईनौनी देखाउंदै भन्छिन यशोदागोविन्द दामोदर माधव हे

विभिन्न वर्णहरुलाई स्वर दिएर जीवन्त गर्ने सदैवराजहंसी हे जीभ न छोड जप्न गोविन्द दामोदर माधव हे

बसेर आफ्नो काखमा चुसी स्तनखेल्दै गरेका कमल नयनकन हेर्दै मैया स्नेह विभोर भन्छिन्गोविन्द दामोदर माधव हे

गाईगोठमाआफ्ना सब दौंतरीसित खेल्दै गरेका ती गोविन्दलाई अत्यन्त प्रेमसंग बोलाउंछिन् मैयागोविन्द दामोदर माधव हे

कस्तो उत्पाती !भनी कृष्णलाईबांध्दा मैयाले कसी ओखलैमा भन्छन् गोपाल गरी सुंक्क सुंक्कगोविन्द दामोदर माधव हे

प्रांगणमा आफ्नै लिई कंकणादीलीला रचाउने कमलनयनकनदेखाई नवनीत भन्छिन् यशोदागोविन्द दामोदर माधव हे

आलो र पालो हर एक घरमागोपी जम्मा भै कन झुण्ड झुण्डसबै मिलेर एकसाथ गाउंछन्गोविन्द दामोदर माधव हे

श्यामल मुखैमा लिई बाँसुरी त्यो कदम्ब फेदमा बसी बजाउंदैगो गोप गोपीजन बीच रम्नेगोविन्द दामोदर माधव हे

उठी सबेरै भई नित्य शुद्ध लीला गोपालका मन भित्र राखीमथ्दै दही गोपीनी गाउन थाल्छनगोविन्द दामोदर माधव हे

थन्क्याई नौनी निस्किन यशोदाफर्केर आउंदा त्यहाँ नौनी छैननढांटी भन लौ भन्छिन् यशोदागोविन्द दामोदर माधव हे

प्रेमले भरीपुर्ण मन की यशोदा लिपेर घर त्यो दही मथ्न लागिन् सब गोपी मिलीकन गाउन लाग्छन्गोविन्द दामोदर माधव हे

एक प्रात: मैया दही मथ्न छोडीउठ्दा सुतेका कृष्णलाई देखिन्भन्छिन् मैया स्नेह विभोर हुंदैगोविन्द दामोदर माधव हे

श्री कृष्ण खेल्न कुद्नतिर मस्तभोजन र स्नानतिर ध्यान छैनबोलाउंछिन मैया आउ न्वाऊ खाऊ गोविन्द दामोदर माधव हे

देवर्षी राजर्षीहरु जति छनउठी सबेरै सकी नित्य कर्मयी नाम जप्दै भए कृष्ण रूपगोविन्द दामोदर माधव हे

सुर्योदयैमा सब त्यागी निद्रा सब नित्य कर्मादी गरेर पुराविप्रादी यी नामकन जप्न लाग्छन्गोविन्द दामोदर माधव हे

वृन्दावनमा कृष्ण कतै न देखी रोएकी राधाकन देखी गोपीआंशु बगाउंदै सब भन्न थाल्छन्गोविन्द दामोदर माधव हे

प्रात: सबै गाई पुर्‍याई बनमाहेरचाह गर्न भनी यशोदाभन्छिन् सुतेका कृष्ण थप्थपाई गोविन्द दामोदर माधव हे

बालक झैं कान्ती लिई चेहरामाकांध सम्मका दीर्घ कपालधारीऋषी बसी बृक्ष फेद्मा ती गाउंछन्गोविन्द दामोदर माधव हे

श्री कृष्ण प्रेममा ब्रजाङ्गना सबैत्यागेर लज्जा विरहातुरा भै उनकै सब चर्चा गरी दिन् बिताउंछन्गोविन्द दामोदर माधव हे

सुनको पिंजरामा रहेको सुगालाई पढाउंछिन ब्रज नारी कोईआनन्दकन्द ब्रज चन्द्र बोलगोविन्द दामोदर माधव हे

सखा गोपको टुपी बाच्छाको पुच्छरसित बांध्न लाग्दा हांस्दै मनैमाच्युंडो समातेर भन्छिन् यशोदागोविन्द दामोदर माधव हे

प्रात: सबै गोप हांकेर गाई मैया यशोदाका घरनेर पुगीप्रेमले पुकार्छन् जाउं गाई चराउनगोविन्द दामोदर माधव हे

कालीय मार्न भनी जब मुरारीकदम्ब बृक्षबाट फाल हाल्छनछाती पिट्दै गोपी विलाप गर्छन्गोविन्द दामोदर माधव हे

कंसको यग्यमा भाग लिन भनिअक्रूरका साथ पुग्दा मथुराजयकार गर्छन् सब पौरवासीगोविन्द दामोदर माधव हे

अक्रूरले जब बलराम कृष्णलाई लगे थे घरबाट दूर लागिन् यशोदाजी विलाप गर्नगोविन्द दामोदर माधव हे

श्री कृष्णलाई कालीय नागलेलपेटी राख्या छ भनेर सुन्दा लोट्दै बाटोमा रोए गोपबालागोविन्द दामोदर माधव हे

अक्रूरका साथ बलराम कृष्णजसै मथुरातिर जान लागेविक्षिप्त राधा रोई भन्न लागिन्गोविन्द दामोदर माधव हे

छुट्टीइँदा श्याम बन बन बरालिंदै कृष्ण दिवानी सुकुमारी राधिका पुछदै अश्रु व्याकुल भै कराउंछिन्गोविन्द दामोदर माधव हे

माता पिताबाट घेरिएकी राधापसेर घर भित्र बिलाप गर्छिन्आएर रक्षा गर विश्वनाथगोविन्द दामोदर माधव हे

छन् कृष्ण बृंदाबनमा सुनेरएक्लै ती राधा सुनसान वनमापुग्दा नभेटी भयले पुकार्छिन्गोविन्द दामोदर माधव हे

बनमा नगए नि बसी घरैमासुखसाथ पल्टेर खाटमा एकान्त जपे पनि श्यामले काखी च्याप्छन्गोविन्द दामोदर माधव हे

विरहले गलेकी ती राधाजी देखीसुन्दर नयन की सखी कोई आईराधासितै अश्रु बगाई भन्छिन गोविन्द दामोदर माधव हे

मीठो मन पर्ने हे जीभ सुन हैसत्य कुरा म तिमीलाई भन्छुयी नाम भन्दा मीठो केही छैनगोविन्द दामोदर माधव हे

सब रोग तीब्र कन शान्त पार्नेऔषध छ एकै भनी वेद बैद्य भन्छन्,त्रीताप नाशार्थ जप्नुगोविन्द दामोदर माधव हे

पिताको आग्या मानी रामचन्द्रसीता र लक्ष्मण कन साथ राखीजांदा बनैमा रुन्छिन् कौशल्याहे राम रघुनन्दन राघव हे

दण्डक बनैबाट हरी रावणले लांदा सीता बेसरी छट्पटाउंदैजोरले कराईकन रून थाल्छिन्हे राम रघुनन्दन राघव हे

रामबाट छुटी तनया जनककीरामलाई राखीकन हृदयैमारुंदै पुकार्छिन् रघुनाथलाईहे राम रघुनन्दन राघव हे

सुरासुरैका सब दुख हर्नेहे राम हे राम बचाऊ भन्दैसमुद्रका बीच रुन्छिन सीताजीहे राम रघुनन्दन राघव हे

जलबीच गोहीले पाउ समात्दासब बन्धुले साथ छोडेर भाग्दाआर्त स्वरमा बोल्छन् गजेन्द्रगोविन्द दामोदर माधव हे

राजा हंसध्वज र मुनी शंखकराहीको तप्त तेलमा सुधन्वादेखे नाम जप्दै अनि फाल हाल्दैगोविन्द दामोदर माधव हे

एक दिन भोजन सबै सके पछिआई दुर्वासा देउ भोजन भन्दालुकी कुनामा पूकार्छिन् ती कृष्णागोविन्द दामोदर माधव हे

जस्लाई योगी सक्दैनन् चिन्नचिन्ता हरी सब चिताएको दिनेकस्तुरीवर्ण प्रभु नाम गाऊंगोविन्द दामोदर माधव हे

संसारी गहिरो कुवामा फंसेकोमोहान्ध विषयादी र ब्याधीदग्ध दिई हात आत्मा यो निकाल बाईरगोविन्द दामोदर माधव हे

हे जीभ, यमले यमदण्ड लिईम लिन आउंदा यति काम गर्नुजप्नु यी नाम ठुलो ठुलो स्वरमागोविन्द दामोदर माधव हे

हे जीभ, रसकी शौखीन तिमीभव बन्धबाट छुटनको निम्तीयी नाम झैं छैन केही रसिलोगोविन्द दामोदर माधव हे

गोपाल बंशीधर रुपसिन्धुलोकेश नारायण दीनबन्धु उच्च स्वरैमा प्रेमसंग भज्नुगोविन्द दामोदर माधव हे

हे जीभ प्यारी भज है निरन्तरश्री कृष्णजीका यी नाम सुन्दरजो जप्छ उसका सब ताप जान्छन्गोविन्द दामोदर माधव हे

गोविन्द गोविन्द हरे मुरारेगोविन्द गोविन्द मुकुन्द कृष्णगोविन्द गोविन्द रथाङ्गपाणे गोविन्द दामोदर माधव हे

सुखका पनि एक सार तिमी नैपर्दा दु:ख लाउने नि पार तिमी नैप्राण जांदा जप्नु पर्ने तिमी नैगोविन्द दामोदर माधव हे

दुर्वाच्य खप्दै कुरुको सभामा पस्दा मृगी झैं भयभीत कृष्णाचिम्लेर दुईटै आंखा पुकार्छिन्गोविन्द दामोदर माधव हे

श्री कृष्ण राधावर गोकुलेशगोपाल गोवर्धन नाथ विष्णुहे जीभ, अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

श्रीनाथ विश्वेश्वर विश्वमुर्तेहे देवकी नन्दन दैत्य शत्रुहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

गोपी पते कंस रिपू मुकुन्दलक्ष्मीपते केशव वासुदेवहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

गोपीहरुको मन खुशी पार्दैगौलाई हांक्दै बनभित्र पस्नेकृष्ण नाम अमृत हे जीभ पीऊगोविन्द दामोदर माधव हे

हरे मुरारे मधुसूदनाद्यश्रीराम सीतावर रावणारेहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

श्री यादवेन्द्रादी धराम्बुजाक्षगो गोप गोपी सुख दान दक्षहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

धराभारोत्तारण गोपवेशविहार लीला कृत बन्धु शेषहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

बकीबकाघासुर धेनुकारेकेशीतृणावर्तविघात दक्षहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

श्री जानकी जीवन रामचन्द्रनिशाचरारे भरताग्रजेशहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

नारायणानन्त हरे नृसिंहप्रह्लाद बाधा हर हे कुपालुहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

मनुष्यको रुप लिएर दिव्यराजा सबैलाई परास्त गर्नेश्रीरामका दिव्य यी नाम गाऊगोविन्द दामोदर माधव हे

श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवहे जीभ अमृत यही नित्य पीऊगोविन्द दामोदर माधव हे

सक्दा बोल्न पनि बोल्दै नबोल्नेकस्तो मानिसको यो खराब बानीहे जीभ अमृत यही नित्य पीऊ गोविन्द दामोदर माधव हे

Comments