२०७८ कार्तिक ११ गते, बिहीबार १२:४७

अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने, महिला पनि समावेश हुने

२०७८ भाद्र १६ गते, बुधबार ०७:३६

फास्टेस्ट न्युज नेपाल, भाद्र – १६ – एजेन्सी, काबुल – अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले महिलाप्रति गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरिरहेका बेला तालिबानले नयाँ सरकारमा महिला पनि समावेश हुने बताएको छ ।

कतारस्थित अफगान तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता समितिका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने बताएका छन् ।

बीबीसी पश्तो सेवासँको कुराकानीमा उनले समावेशी सरकार हुनेसमेत बताएका छन् । उनले तालिबानले घोषणा गर्ने नयाँ सरकारमा ठूलो संख्यामा महिलाहरु पनि हुने बताएका छन् । उनले महिलाहरु कार्यालयमा काम गर्न जान सक्नेसमेत बताएका छन् ।

उनले तालिबानको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समूदायबाट समर्थन हुनेसमेत विश्वास व्यक्त गरेका छन् । उनले अमेरिका र यूरोपेली संघसँग तालिबानले समन्वय गर्न चाहेकोसमेत बताएका छन् । उनले कतारस्थित कार्यालयबाट विभिन्न मुलुकहरुसँग वार्ता भइरहेकोसमेत बताएका छन् ।

अमेरिकी सेना पूर्णरुपमा स्वदेश फर्केपछि काबुल विमानस्थल कब्जामा लिएको तालिबानले केही दिनमै विमानस्थल सञ्चालनमा आउनेसमेत बताएका छन् । उनले आवश्यक कागजात भएकाहरुले अफगानिस्तान छाड्न पाउने तर कागजात नभएकाहरुले आफगानिस्तान छाड्न नपाउने बताएका छन् । (एजेन्सी)

सम्बन्धित समाचार

Comments