२०७९ श्रावण २८ गते, शनिबार ०५:४१

आइएमइ जनरल इन्सुरेन्स लिमिटेड र सुगर, थायराइड, इण्डोक्राइनोलोजी, एण्ड मल्टिस्पेस्यालिटि सेन्टर ( स्टेम सेन्टर ) बीच सेवामा छुट सम्बन्धी सम्झौता

२०७९ असार ६ गते, सोमबार ०२:३६

फास्टेस्ट न्युज नेपाल, काठमाडौँ, अषाढ ६ – गते । आइएमइ जनरल इन्सुरेन्स लिमिटेड STEM Center ( Sugar, Thyroid, Endocrinology, & Multispeciality Center ) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमइ जनरल इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र STEM Center ( Sugar, Thyroid, Endocrinology, & Multispeciality Center ) का अधक्ष डा. बजरंग कुमार रौनियारले हस्ताक्षर गर्नु भयो।

आइएमइ जनरल इन्सुरेन्स लिमिटेड र सुगर, थायराइड, इण्डोक्राइनोलोजी, एण्ड मल्टिस्पेस्यालिटि सेन्टर ( स्टेम सेन्टर ) बीच सेवामा छुट सम्बन्धी सम्झौता

यस सम्झौता पश्चात आइएमइ जनरल इन्सुरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहक महानुभावहरुलाई STEM Center बत्तीसपुतली, काठमाण्डौमा प्राप्त हुने सेवाहरु जस्तै: Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological products मा १५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ । सोहि अवसरमा STEM Center बाट प्राप्त हुने Pathology को १८९ भन्दा बढि त्यसै गरि Radiology ८१ भन्दा बढी Dental को ३७ भन्दा बढी टेस्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमइ जनरल इन्सुरेन्स लिमिटेडका सम्पूर्ण ग्राहक महानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त लिन सक्ने छन ।

साथै सोहि अवसरमा आइएमइ जनरल इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले STEM Center संग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवाहरु आइएमइ जनरल इन्सुरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

Comments